Suvadin, Home

Cover Image

विश्वकप छनोट
 आइभरी कोस्ट, जाम्बिया र वेल्स विजयी

रुस विश्वकप २०१८ को छनौटका लागि शनिबार राति भएको खेलमा  आइभरी कोस्ट, जाम्बिया र वेल्स विजयी भएका छन्। समूह ‘सी’को खेलमा आइभरी कोस्टले गाबोनलाई ३–० ले हराएको हो, भने समूह ‘बी’ को खेलमा जाम्बियाले अल्जेरियालाई ३–१ ले हरायो। वेल्सले अष्ट्रियालाई १–० गोल अन्तरले हराएको छ।
वेल्स र अष्ट्रियाबीचकाे खेल।

काठमाडाैं, भदाै १८–रुस विश्वकप २०१८ को छनौटका लागि शनिबार राति भएको खेलमा  आइभरी कोस्ट, जाम्बिया र वेल्स विजयी भएका छन्।

समूह ‘सी’को खेलमा आइभरी कोस्टले गाबोनलाई ३–० ले हराएको हो, भने समूह ‘बी’ को खेलमा जाम्बियाले अल्जेरियालाई ३–१ ले हरायो। वेल्सले अष्ट्रियालाई १–० गोल अन्तरले हराएको छ।

आइभरी कोस्टको जितमा सेडोउ डोउबियाले दुई  गोल र  म्याक्स ग्रोडेलले एक गोल गरे। 

जितसँगै आइभरी कोस्टले तीन  खेलबाट सात अंक जोडेको छ। दोस्रो स्थानको मोरक्कोको ५, तेस्रो स्थानको गाबोनको २ र चौथो स्थानको मालीको १ अंक छ।अफ्रि छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा जाम्बियाले अल्जेरियालाई ३–१ ले हरायो। जाम्बियाका लागि ब्रेन एमविलाले दुई तथा नक एमविपुले एक गोल गरे। जितपछि जाम्बिया समूहमा ४ अंक जोडेर दोस्रो स्थानमा उक्लियो।  

यस्तै छनोट अन्तर्गत समूह ‘डी’ को खेलमा सेनेगल र बुर्किना फासोले गोलरहित बराबरी खेलेर अंक बाडेका छन्। बराबरीसँगै बुर्किना फासो ३ खेलबाट ५ अंक जोडेर अंक तालिकोको पहिलो स्थानमा तथा सेनेगल ४ अंकसहित दोस्रो स्थानमा छन्।   पाँच समूहमा जारी अफ्रिका छनोटको समूहमा शीर्ष स्थान हात पार्ने टोली विश्वकपमा सोझै छनोट हुनेछन्।

वेल्सले अष्ट्रियालाई १–० गोल अन्तरले हराएको छ।  वेल्सका बेन बुडवर्नले गरेको एक गोल नै निर्णयक बन्यो।  अष्ट्रियालाई हराएसँगै समूह डिमा रहेको वेल्स ११ अंकका साथ तेस्रो स्थानमा छ।  


 

More form the Internet

loading...