Suvadin, Home

जेसीज कपको उपाधि मनाङ मस्याङदीलाई

प्रथम जेसीज कप फुटवलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले हात पारेको छ। नारायणगढको क्याम्पाचौरमा भएको फाइनल खेलमा प्रतिस्पर्धामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफलाई २–१ गोलले पराजित गर्दै मनाङले उपाधिमाथि कब्जा जमाएको हो। 
उपाधि पाएपछि फोटो सेसन।

काठमाडाैं, भदाै २७–प्रथम जेसीज कप फुटवलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले हात पारेको छ।

नारायणगढको क्याम्पाचौरमा भएको फाइनल खेलमा प्रतिस्पर्धामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफलाई २–१ गोलले पराजित गर्दै मनाङले उपाधिमाथि कब्जा जमाएको हो। 

विजयी  मनाङले नगद तीन लाख ५० हजार रुपैयाँ पाएको छ, भने उपविजेता एपिएफले ट्रफीसँगै नगद एक लाख ७५ हजारमा चित्त बुझाएको छ।
 फाइनल खेलमा मनाङका लागि पहिलो हाफको १९ र ४० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे। 

दोश्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको एपिएफका लागि ६४ मिनेटमा हरी कार्कीले सान्त्वना गोल गरे। दोश्रो हाफमा पनि एपिएफले धेरै अवसर चुकाएको थियो। 

एपिएफका हरी कार्की ‘प्लेयर अफ दि म्याच’ घोषित भए। उनलाई ५ हजार नगदबाट पुरस्कृत गरियो। ‘प्लेयर अफ दि सिरिज’ र सर्वाधिक गोलकर्ताको उपाधि मनाङका सुजल श्रेष्ठले जिते। उनले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताबापत २० हजार नगर प्राप्त गरे। उत्कृष्ठ गोलकिपर मनाङकै दिनेश थापा घोषित भए। उनले पनि नगद १० हजार पुरस्कार पाए।

उत्कृष्ट टिम घोषित झापा ११ ले नगद १० हजारनै प्राप्त गर्यो। गत १७ गतेदेखी सुरु भएको प्रतियोगितामा दुई विभागीयसहित १० टिमको सहभागिता रहेको थियो । 


 

More form the Internet

loading...