Suvadin, Home

Cover Image

मेसी चुक्दा अर्जेन्टिनाको विश्वकप यात्रा कठिन मोडमा (भिडियोसहित)

पेरुविरुद्धको खेलमा अर्जेन्टिनाका फरवार्ड, विश्व फुटबलका स्टार लिओनल मेसीको प्रहार पोलमा लागेको थियो।  खेलमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि पेरुको रक्षा पंक्ति र गोल रक्षक अर्जेन्टिनाका लागि बाधक बनेका थिए।
अर्जेन्टिनाका फरवार्ड लिओनल मेसी।

काठमाडाैं, असाेज २०–विश्व फुटबलको महारथी मानिने टिम अर्जेन्टिनालाई पेरुले बराबरीको रोकिदिएको छ।

शुक्रबार बिहान भएको खेलमा पेरुले अर्जेन्टिनालाई गोलरहित बराबरी रोकिदिएपछि अर्जेन्टिनाको सन् २०१८ को विश्वकपको छनौट यात्रा कठिन मोडमा पुगेको छ। अर्थात छनौट हुने झिनो आशा बाँकी रहेको छ।

पेरुविरुद्धको खेलमा अर्जेन्टिनाका फरवार्ड, विश्व फुटबलका स्टार लिओनल मेसीको प्रहार पोलमा लागेको थियो।  खेलमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि पेरुको रक्षा पंक्ति र गोल रक्षक अर्जेन्टिनाका लागि बाधक बनेका थिए।

दक्षिण अमेरिकी छनौटको अन्तिम खेल बाँकी रहदा अर्जेन्टिना २५ अंकसहित छैटौं स्थानमा झरेको छ। विश्वकपमा स्थान बनाउन शीर्ष चारमा रहनुपर्छ। पाँचौ भएको अवस्थामा अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकपमा छनोट हुने आशा बाँकी रहन्छ।
 अब १० अक्टोबरमा हुने अन्तिम चरणको खेलमा दक्षिण अमेरिका छनोटको दौडमा रहेका ६ टिम मध्ये ३ सिधै छनौट हुनेछन्।

एक एक टिमले प्ले अफमा स्थान बनाउनेछ। २ टिमको भने विश्वकप सपना चकनाचुर हुनेछ। छनौटबाट इक्वेइडर, बोलिभिया र भेनेजुएला भने बाहिरिसकेका छन्।  अर्जेन्टिनाले अर्को हप्ता इक्वेडरसँग खेल्नेछ।
 

यसरी चुके मेसी हेर्नुहेास् भिडियाे

 


 

More form the Internet

loading...