Suvadin, Home

एएफसी च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टाेलीकाे विदार्इ

संयुक्त अरब इमिरेट्समा हुने एएफसी तेइस वर्षमुनि (यु–२३) को च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर बिदाइ गरेका हुन्। 
विदार्इ कार्यक्रमपछि सामूहिक तस्बिर खिचाउँदै खेलाडी तथा अफिसियलहरू। तस्बिरः सन्ताेषराज पाण्डे।

काठमाडौँ, असार २८ - संयुक्त अरब इमिरेट्समा हुने एएफसी तेइस वर्षमुनि (यु–२३) को च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर बिदाइ गरेका हुन्। 

असार ३१ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनान छन् जसमा नेपालले आफ्नो पहिलो खेल युएईसँग शनिबार खेल्दै प्रतियोगिताको उद्घाटन हुनेछ। त्यसैगरी दोस्रो खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग भिड्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। 

बिदार्इ कार्यक्रमलार्इ  सम्बोधन गर्दै बिष्टले खुशी हुन जीत मात्रै नचाहिने बताउँदै राम्राे खेलेर अाउन सुझाव दिए। एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले टिमलाई मंगलबार भएकाे खेलमा जीत निकालेकाे बधार्इ दिदै पुनः उस्तै नतिजा टीमले निकाल्ने अपेक्षा राख्नुभयाे।

सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनल प्रतियोगिताको लागि छनोट हुने प्रावधान छ। त्यस्तै, आयोजकका हैसियतले चीन भने प्रतियोगितामा सिधै छनोट हुनेछ। नेपाली टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ।


 

More form the Internet

loading...