Suvadin, Home

एफसी कप फुटसल खेल्ने नेपाली टोलि घोषणा

एएफसी कप फुटसल छनोट च्याम्पियनसिपका लागि नेपाली टोलिको घोषणा भएको छ । १४ सदस्यीय राष्ट्रिय फुटसल टोलिको घोषणा गरिएको हो ।

काठमाडौं । एएफसी कप फुटसल छनोट च्याम्पियनसिपका लागि नेपाली टोलिको घोषणा भएको छ । १४ सदस्यीय राष्ट्रिय फुटसल टोलिको घोषणा गरिएको हो ।

अक्टोबर २३ देखि २५ सम्म इरानमा हुने च्याम्पियनसिपका लागि पूर्वराष्ट्रिय फुटबल खेलाडी विजय गुरुङ र आशिष लामासहितको टोलि घोषणा गरिएको छ ।

टोलिमा अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, आरुज सिंह, विजय श्रेष्ठ, सरोज गुरुङ, विनोद गुरुङ, मणि लामा र निर्मल गुरुङ छन् । टोली छनोट मुख्य प्रशिक्षण विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले गरेका हुन् ।  

दक्षिण एसिया सेन्ट्रल जोनको समूह ‘ए’मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तानमा, २४ मा उज्वेकिस्तान र २५ मा अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।


 

More form the Internet

loading...