Suvadin, Home
Citizen Bank 806.8k

Cover Image

फ्रान्सका कप्तान लोरिस मापसेमा समातिए

लोरिसलार्इ विश्वकपको ४० दिन पश्चात मादक पदार्थ सेवन गरेर सवारी चलाएको अारोपमा लन्डन केन्द्रिय पुलिसले पक्राउ गरेका थियो। मादक पदार्थ सेवन गरेपछि लोरिसले १५ किलोमिटर प्रति घण्टा चलाउनु पर्ने बाटोमा ३० किलोमिटर प्रति घण्टाको गतिमा गाडी गुडाइरहेको पाइएको थियो।

काठमाडाैं, २९ भदाै – विश्वकप विजेता टोली फ्रान्सका कप्तान ह्युगो लोरिसलाई २० महिना सवारि साधन चलाउनबाट प्रतिबन्ध लगाएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा लोरिसलाई जेल सजाय माफी गर्दै २० महिने सवारि साधन चलाउनबाट प्रतिबन्ध र ६५ हजार डलर जरिवाना सुनाइएको हो।

बेलायती मिडियाका अनुसार ३१ वर्षीय टोटनह्याम हटस्परका गोलरक्षक लोरिसलार्इ विश्वकपको ४० दिन पश्चात मादक पदार्थ सेवन गरेर सवारी चलाएको अारोपमा लन्डन केन्द्रिय पुलिसले पक्राउ गरेका थियो। मादक पदार्थ सेवन गरेपछि लोरिसले १५ किलोमिटर प्रति घण्टा चलाउनु पर्ने बाटोमा ३० किलोमिटर प्रति घण्टाको गतिमा गाडी गुडाइरहेको पाइएको थियो।

लोरिसले आफुलाई सुधार्नका लागि एक वर्ष आफ्नो गाडी चलाउन बन्द गर्नु पर्ने अदालतले आदेश दिएको छ। लोरिसले आफूले गरेको गल्तीका लागि माफी माग्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। ‘म परिवार, क्लब, सहकर्मी प्रशिक्षक र सम्पूर्ण समर्थकसामु माफी माग्न चाहन्छु। मादक पदार्थ पिएर गाडी चलाउनु भुल थियो। मैले यसको पूर्ण जिम्मेवारी लिँदै आगामी दिनमा गल्ति नदोहोर्याउने प्रण गर्छु,’ उनले भनेका छन्।


 

More form the Internet

loading...