Suvadin, Home
Nepal life 2.241M

विश्वकप विशेषः
उम्टिटीको गोलसंगै फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश

उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन्। खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन।त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको २२ औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखेका थिए।

एजेन्सी, २७ असार – रुसमा जारी विश्वकप फुटबलको पहिलो सेमिाइनल खेलमा बेलजियमलार्इ १–० ले हराउदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो। उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन्। खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन।

त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको २२ औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखेका थिए। उनले बेल्जियमका डिफेन्डर टोबी आल्डरवेरल्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई डाइभ गर्दै बचाएका थिए। कर्नरमा रिबाउन्डपछि आएको उक्त प्रहार नै बेल्जियमले गरेको डरलाग्दो प्रयास थियो।

बुधबार राति हुने दोश्रो सेमिफाइनल खेल इंग्ल्याण्ड र क्रोएशियाबीच हुनेछ। यसबाट अाएका बिजेताले विश्वकप फाइनलमा फ्रान्सको सामना गर्ने छ।
 


 

More form the Internet

loading...