Suvadin, Home
Nepal life 2.241M

फिफा विश्वकप
अाज अाफ्नै मनपर्ने टिमविरूद्ध खेल्दै बेल्जियमका हाजार्ड

हाजार्डको बाल्यकाल जिनेदिन जिदानकै जर्सी लगाएर बित्यो। र, उनले जिदानलार्इ नै हिरो मान्थे। उनी फुटबल प्रति पागल नै थिए। उनले यूरो कप २०१२ मा चेल्सी छोडे पछि फ्रान्सलार्इ प्रत्सोहान गरिरहेका थिए। यस दाैरानमा उनले अाफ्नो मनपर्ने टिम फ्रान्स रहेको बताएका थिए। उनले भनेका थिए, 'म ९९ प्रतिशत बेल्जियम भएपनि १ प्रतिशत फ्रान्स हुँ।'

काठमाडाैं, २६ असार - फ्रान्सले ११९८ मा घरेलु मैदानमा ब्राजिल्लार्इ ३–० गोलअन्तरले पराजित गर्दै उपाधी हात पार्दा इडेन हाजार्ड साढे सात वर्षका थिए। त्यसबेला उनी फ्रान्सलार्इ समर्थन गर्थे।

हाजार्डको बाल्यकाल जिनेदिन जिदानकै जर्सी लगाएर बित्यो। र, उनले जिदानलार्इ नै हिरो मान्थे। उनी फुटबल प्रति पागल नै थिए। उनले यूरो कप २०१२ मा चेल्सी छोडे पछि फ्रान्सलार्इ प्रत्सोहान गरिरहेका थिए। यस दाैरानमा उनले अाफ्नो मनपर्ने टिम फ्रान्स रहेको बताएका थिए। उनले भनेका थिए, 'म ९९ प्रतिशत बेल्जियम भएपनि १ प्रतिशत फ्रान्स हुँ।'

एक पछि अर्को खेलमा उच्च प्रदर्शन गरेर जापान, दाबेदार मानिएको ब्राजिल जस्ता टोलीलार्इ हराउँदै अाएको बेल्जियमका हाजार्डले अाज सेमिफाइनलमा सेन्ट पिटरबर्ग एेरेनामा अाफुलार्इ मनपर्ने टिम फ्रान्सको सामना गर्दै छन्।

बेल्जियमले विश्वकपकमा हालसम्म सम्पन्न भएको खेलहरूमा १४ गोल गरिसकेको छ। गत ६ महिनादेखि एकसाथ खेल्दै अाएका अोलिभर जिरोडले हाजार्ड अाफ्नो मनपर्ने ३ खेलाडी मध्येको एक रहेका बताए।

जिरोडले भने, 'चेल्सीमा प्रतिदिन साथमा खेलिरहदाँ हाजार्डले बल लिएर दाैडेको निकै अाकर्षजनक हुन्छ। अहिले विश्वव्यापी चर्चा कमाएका छन्। तर, दुर्इ खेल पश्चात उनको चर्चा अझै बढी हुनेछ।'

त्यस्तै, विश्वव्यापी चर्चा बटुलेका हाजार्डलार्इ रियल म्याड्रिडले पनि नजर लगाइरहेको छ। स्टार खेलाडी रोनाल्डोको बिदार्इ पश्चात युरोपियन च्याम्पियन रियल म्याड्रिडले चेल्सीका नेयमार र केलियन एमबाप्पे पछिकाे विकल्पकाे रूपमा राखेकाे छ।

तर, रियलले नेयमार र फ्रान्सका केलियन एमबाप्पे भित्राउन नसकेको खण्डमा हाजार्ड किन्ने दाउमा छ। अघिल्लाे सिजनदेखि नै रियल हाजार्ड प्रति अाकर्षित भएकाे थियाे। रियलले अाफ्ना प्रभावशाली खेलाडी राेनाल्डाेलार्इ बेच्ने बताएसँगै उनकाे प्रतिस्थापनमा प्रति अझ बढी केन्द्रित भएकाे छ।

पछिल्लाे ५ वर्ष इंग्लिस क्लब चेल्सीमा बिताएका हाजार्ड विपक्षी खेलाडीलार्इ छक्याउन माहिर मानिन्छन्। चेल्सीसँग हाजार्डको सम्झौता सन् २०२० सम्म रहेको छ। नेयमार भित्राउन नसकेको खण्डमा रियलले हाजार्डका लागि आकर्षक प्रस्ताव लाने लगभग निश्चित छ।


 

More form the Internet

loading...