Suvadin, Home

नेपालले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल मलेसियासँग खेल्दै

काठमाडौं । नेपालले आइतबार मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालले नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली मलेसिया नेपालभन्दा निकै बलियो टिम हो । तर मलेसियालाई उसैको घरेलु मैदानमा पराजित गर्ने नेपालको लक्ष्य रहेको छ ।

यसअघि नै प्रशिक्षक योहान कालिनले नेपाल मलेसियाविरुद्ध खेल्न तयार रहेको भन्दै स्पष्ट जितको खोजिमा हुने बताएका छन् ।

मलेसियासँग खेलेपछि नेपालले यही जुन ६ तारिखमा चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टोली 

गोलकिपरः किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्सः विराज महर्जन -कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड/फरवार्डः सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।


 

More form the Internet

loading...