Suvadin, Home

जर्मनीले विश्वकप पुनः जित्ला त?

प्रतियोगिताको विजेताका रुपमा ट्रफी उचाल्दै जर्मनीले आगामी विश्वकपको पनि प्रमुख दाबेदारी प्रस्तुत गरेको छ। आफ्ना मुख्य खेलाडीलाई विश्राम दिदैं जुनियर खेलाडीको जोसका साथ मैदानमा उत्रेको जर्मनीले प्रतियोगिताकै बलियो टीम मानिएको चिलीलाई पराजित गरेको हो। 
ट्रफीका साथ खुशी मनाउँदै जर्मन खेलाडी।

काठमाडौं, अषाढ १९ - कोपा अमेरिका विजेता चिलीलाई पराजित गर्दै विश्वकप विजेता जर्मनीले कन्फेडेरेसनकपको उपाधी उचालेको छ। रुसको सेन्ट पिटर्सबर्गमा आइतबार राति भएको फाइनलमा जर्मनीले चिलीलाई १–० ले पराजित गर्दै अन्तर महादेशीय कपको उपाधि पहिलो पल्ट हात पार्यो। 

जर्मनीका लागि फाइनलमा लार्स स्टिन्डलले निर्णायक गोल गरे। चिलीको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै उनले २० औं मिनेटमा खालि पोस्टमा गोल गरेका हुन्। खेलमा हावी रहे पनि चिलीे गोल गर्न भने असमर्थ रह्यो। विश्वकप सुरु हुन एक वर्ष अगाडि भएको यस प्रतियोगितालाई त्यसको तयारीका रूपमा हेरिन्छ। 

प्रतियोगिताको विजेताका रुपमा ट्रफी उचाल्दै जर्मनीले आगामी विश्वकपको पनि प्रमुख दाबेदारी प्रस्तुत गरेको छ। आफ्ना मुख्य खेलाडीलाई विश्राम दिदैं जुनियर खेलाडीको जोसका साथ मैदानमा उत्रेको जर्मनीले प्रतियोगिताकै बलियो टीम मानिएको चिलीलाई पराजित गरेको हो। 

जर्मनीले विश्वविजेता हुदाका तीन खेलाडीलाई मात्र लिएर फाइनल खेलेको थियो। बाकीं खेलाडीको औसत उमेर भने २४ वर्ष रहेको थियो। जीतपछि प्रतिक्रिया दिदै जर्मन प्रशिक्षक जोचिम लोलेले युवा खेलाडीहरुले पाएको अवसरको सदूपयोग गरेको बताए। 

विश्वकपका  विजेताका रुपमा आफुहरु रहेकाले उपाधी उचाल्नु हाम्रा लागि दवाव रहेको बताउँदै उनले यस उपाधीले आगामी विश्वकपको लागि समेत उर्जा थपेको बताए। 


 


 

More form the Internet

loading...