Suvadin, Home

फिफा विश्वकप
जर्मनीको इतिहास बदल्न सक्ला त मेक्सिको?

सन् २०१४ को विश्वकपको शुरूवात खेलमा प्रोचुगललार्इ ४–० अन्तरले पराजीत गर्दै विजयी यात्रा तय गरेको थियो। यस विश्वकपमा पनि सोही इतिहास कायम गर्ने अाशा गरिएको छ। ३६ वर्ष पहिलेको विश्वकपमा अल्जेरियासँग पराजित भएपछि जर्मनीले अोपनिङ खेलमा अाैशत ३.५ गोल प्रति खेल कायम गर्दै अाएको छ। र, मेक्सिकोले ५६ वर्षपछि ९अाैँ प्रयासमा विश्वकपको अोप्नरमा स्थान बनाएको हो।

काठमाडाैं, ३ असार – विश्वकप फुटबलमा अाज ३ खेलहरू हुँदैछन्। अाज समूह 'र्इ' को २ खेल र समुह 'एफ' को एक खेल हुँदैछ। समूह 'र्इ' अन्तरगत पहिलो खेल कोस्टारिकाविरूद्ध सर्भियाको हुनेछ। उक्त खेल नेपाली समय अनुसार ५ः ४५ बाट शुरू हुनेछ। 

त्यस्तै समूह 'एफ' अन्तरगत साविक विजेता जर्मनी मेक्सिकोसँग भिड्दै छ। लुज्निकी स्टेडियममा खेलिने उक्त खेल नेपाली समयअनुसार रातिको ८ः४५ बजे शुरु हुनेछ।

त्यस्तै राति ११ः४५ बजे ब्राजिलविरूद्ध स्विजरल्यान्डको खेल हुनेछ। जर्मनी र मेक्सिकोको इतिहास हेर्ने हो भने यो एक पक्षीय रहेको छ। पछिल्ला ३ भेटमा जर्मनीले तीनै पटक जित हांसिल गरेको छ। आज पनि सहज जितसँगै जर्मनी आफ्नो उपाधि रक्षा गर्ने अभियानको शुरुवात गर्नेछ।

तर, पछिल्लो मैत्रीपूर्ण खेलमा आफ्नो पहिलो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारे बावजुद जर्मनीले साउदी अरेबियालाई २-१ ले जितेको थियो, जसमा जर्मनीको प्रदर्शन सोचेभन्दा केही फितलो थियो। 

सन् २०१४ को विश्वकपको शुरूवात खेलमा प्रोचुगललार्इ ४–० अन्तरले पराजीत गर्दै विजयी यात्रा तय गरेको थियो। यस विश्वकपमा पनि सोही इतिहास कायम गर्ने अाशा गरिएको छ।

३६ वर्ष पहिलेको विश्वकपमा अल्जेरियासँग पराजित भएपछि जर्मनीले अोपनिङ खेलमा अाैशत ३.५ गोल प्रति खेल कायम गर्दै अाएको छ। र, मेक्सिकोले ५६ वर्षपछि ९अाैँ प्रयासमा विश्वकपको अोप्नरमा स्थान बनाएको हो।

हिर्भिङ लोजानो, कार्लोस भेला र गियोभानी डस सान्टोस सम्मिलित मेक्सिकोको अग्रपंक्ति पक्कै पनि चुनौतिका रुपमा प्रस्तुत हुने छन्।

जर्मनीका लागि मेसुट ओजिल सामान्य घाइते रहेका थिए। तर उनी यस खेलमा पुनरागमन गर्ने देखिएको छ। उनले अग्रपंक्तिमा मार्को रोयस, थोमस मुलर र युवा स्ट्राइकर टिमो वेर्नरलाई साथ दिने छन्।


 

More form the Internet

loading...