Suvadin, Home

Cover Image

 दसैंको अवसरमा दूधे गोल्डकपः यस्तो छ खेल तालिका

झापाको दूधे युथ क्लबले आयोजनामा हुने प्रथम टुवोर्ग दुधे गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। आयोजकले एक विज्ञप्ती प्रकाशित गरि खेल तालिका सार्वजनिक गरेको हो।
खेल तालिका।

झापा, भदौ २७– झापाको दूधे युथ क्लबले आयोजनामा हुने प्रथम टुवोर्ग दुधे गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। आयोजकले एक विज्ञप्ती प्रकाशित गरि खेल तालिका सार्वजनिक गरेको हो।

दूधे खेल मैदानमा असोज ४ गते देखि हुने सो प्रतियोगिताकाको उद्घाटन खेल आयोजक दूधे युथ क्लब र काठमाडौं चर्च व्वाइजबीच हुने भएको छ। ५ गतेको खेल काठमाडांैकै हिमालयन शेर्पासँग घरेलु रमपम झापा ११ ले सामना गर्ने खेल तालिकामा उल्लेख छ।

यस्तै छिमेकी जिल्ला मोरङ ११ ले असोज ६ गते विभागीय त्रिभूवन आर्मीको सामना गर्ने छ। पहिलो चरणको अन्तिम खेल असोज ७ गते रुपन्देही ११ र अर्को विभागीय एपीएफबीच हुने आयोजकले जारी गरेको खेल तालिकासहितको विज्ञप्तीमा उल्लेख छ।

सिजनको पहिलो दूधे गोल्डकपका विजेताले नगद ३ लाख ५१ हजार पाउने छ भने उपविजेताले १ लाख ५१ हजार पाउने आयोजकले बताएको छ। ११ दिनपछि हुने सो प्रतियोगिताको तयारी आयोजकले अन्तिम चरणमा पुर्याएको दावी गरेको छ। 

खेलमैदान घेराबारा, प्याराफिट, स्वागतद्वार निर्माण लगायतका काम अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए। करीब ३६ लाखको लागत अनुमान गरिएको सो प्रतियोगिताबाट आयोजकले १० लाख रुपैयाँ बचतको अपेक्षा गरिएको छ। प्रतियोगिताबाट बचेको उक्त रुपैयाँले शिवशताक्षीमा व्यवसायीक फुटबल खेलाडी उत्पादन गर्न अक्षयकोष स्थापना गर्ने बताएको छ।
 


 

More form the Internet

loading...