Suvadin, Home

निसक्याफे गल्फ टुर्नामेन्ट शनिबार हुने

गाेकर्ण गल्फ रिसाेर्टकाे अायाेजनामा अागामी मे २० बाट निसक्याफे गाेल्ड अाेपन गल्फ टुर्नामेन्ट हुने भएकाे छ। शनिबार हुने प्रतियाेगिताकाे तयारी सम्पन भइसकेकाे गाेकर्ण गल्फ रिसाेर्टका निर्देशक  दीपक अाचार्यले बताए। 
प्रतियाेगिताबारे जानकारी गराउदै अायाेजक।

काठमाडाैं, जेठ ४ - गाेकर्ण गल्फ रिसाेर्टकाे अायाेजनामा अागामी मे २० बाट निसक्याफे गाेल्ड अाेपन गल्फ टुर्नामेन्ट हुने भएकाे छ।

शनिबार हुने प्रतियाेगिताकाे तयारी सम्पन भइसकेकाे गाेकर्ण गल्फ रिसाेर्टका निर्देशक  दीपक अाचार्यले बताए। 

अघिल्लाे वर्षकाे सफल अायाेजनाले हामी हाैसियका छाै, उनले भने, यस बर्ष पनि प्रतियाेगिता भव्य र सभ्य हुनेछ। टुर्नामेन्ट १८ हाेलमा सञ्चालन हुनेछ। प्रतियाेगितामा सहभागिताका लागि झण्डै एक सय भन्दा बढी प्रतियाेगिले नाम दर्ता गराइसकेकाे उनले बताए। 

प्रतियाेगितामा पुरूष, महिला, ६० बर्ष माथिका र १७ बर्ष मुनिका खेलाडी बिच प्रतिस्पर्धा हुनेछ। विजेता, उपविजेता, वेष्ट ग्रस, महिला विजेता, उपविजेता, सुनियर, जुनियर विजेता, लामाे ड्राइभ लगायतलार्इ पुरस्कारकाे व्यवस्था गरिएकाे र केही दिनमा पुरस्कार सार्वजनिक गरिने अायाेजकले जनाएकाे छ। 

 


 

More form the Internet

loading...