Suvadin, Home
Nepal life 1.818M

स्वर्गीय विशाल खड्का स्मृति कप फुटबल
राष्ट्रिय जागृतिलार्इ पराजित गर्दै अायाेजक गुहेश्वरी युवा क्लबद्वारा उपाधि कब्जा (हेर्नुहाेस् फाइनलका १० तस्वीर)

अायाेजकलार्इ उपाधि दिलाउनका लागि निर्णायक गाेल नै जर्सी नम्बर–२३ का अशोक खबासले गरेका हुन्। उनले पहिलो हाफको २४औं मिनेटमा डि–बक्स नजिकैबाट प्रहार गरेको बल राष्ट्रिय जागृतिका जर्सी नम्बर–८ का उमेश कार्कीलाई लागेर गोल भएको थियो। पहिलो हाफमा १–० ले पछि परेको राष्ट्रिय जागृतिले दोश्रो हाफमा आयोजकमाथि दबाब दिएपनि आफूले पाएका दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय भोग्नु पर्यो।
उपाधि विजेता गुहेश्वरी युवा क्लब।

उत्तम रिजाल, झापा, माघ २७ – झापाको कमल गाउँपालिकामा सम्पन्न स्वर्गीय विशाल खड्का स्मृति कप फुटबल प्रतियोगिताको उपाधि आयोजक गुहेश्वरी युवा क्लबले जितेको छ। फाइनल खेलमा गुहेश्वरीले सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लबलाई १–० गाेलअन्तरले पराजित गरी उपाधि जितेको हो।

अायाेजकलार्इ उपाधि दिलाउनका लागि निर्णायक गाेल नै जर्सी नम्बर–२३ का अशोक खबासले गरेका हुन्। उनले पहिलो हाफको २४औं मिनेटमा डि–बक्स नजिकैबाट प्रहार गरेको बल राष्ट्रिय जागृतिका जर्सी नम्बर–८ का उमेश कार्कीलाई लागेर गोल भएको थियो।

पहिलो हाफमा १–० ले पछि परेको राष्ट्रिय जागृतिले दोश्रो हाफमा आयोजकमाथि दबाब दिएपनि आफूले पाएका दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय भोग्नु पर्यो। 

फाइनल खेलको म्यान अफ दि म्याच आयोजकका जर्सी नम्बर–२६ का गिल्सन कन्दङ्गवा घोषित भए। बेष्ट मिडफिल्डर राष्ट्रिय जागृतिका जर्सी नम्बर–८ का उमेश कार्की घोषित भए। बेष्ट गोलकिपरको उपाधि आयोजककै किशोर गिरीले पाए।

त्यस्तै बेष्ट फरवार्ड राष्ट्रिय जागृतिका जर्सी नम्बर–९ का वीरेन्द्र लिम्बु घोषित हुँदा बेष्ट डिफेण्डरको उपाधि आयोजका जर्सी नम्बर–४ का निरज बस्नेतले जितेका छन्। त्यस्तै, सर्वाधिक गोलकर्ता राष्ट्रिय जागृतिका समिर राई भए। प्रत्येकले ट्रफीसँगै नगद पाँच हजार हात पारेका छन्।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीको उपाधि आयोजकका जर्सी नम्बर–२३ का अशोक खबासले जितेका छन्। उनले ट्रफीसँगै नगद सात हजार प्राप्त गरे। प्रतियोगिताको उपाधि विजेता गुहेश्वरीले नगद एक लाख एक सय एघार रुपैयाँ हात पार्यो। उप–विजेता राष्ट्रिय जागृतिले नगद पचास हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गर्यो।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका उपाध्यक्ष भीमराज केसी, आयोजकका अध्यक्ष कृष्ण कार्की, अतिथिहरु इलाका प्रहरी कार्यालय दमकका डिएसपी दीपक गिरी, कमल गाउँपालिका खेलकुद विकास समितिका सह–संयोजक तेजकुमार राई, स्वर्गीय विशाल खड्काका काका अनुप खड्का, गुहेश्वरी विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजकुमार घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए।

गत १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा एक नम्बर प्रदेशका ८ टिमको सहभागिता रहेको थियो।


 

More form the Internet

loading...