Suvadin, Home

डिपिएल : रुपन्देहीको लगातार दोस्रो जित

धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिवाइसी अत्तरियाले धनगढीलाई ५ रनले हराउँदा रुपन्देहीले विराटनगर किंग्सविरुद्ध ५ विकेटको जित निकाल्यो। विराटनगरले दिएको ९४ रनको मध्यम लक्ष्य रुपन्देहीले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको हो। सुरुवाती ब्याट्सम्यान सस्तैमा पभेलियन फर्केपछि दबाबमा आएको रुपन्देहीको ईनिङस पुनित मेहरा र बावर हायातले उकासेका थिए।मेहराले ४६ र हायातले १७ रन जोडे। भीम सार्कीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

काठमाडौं, २९ माघ – धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले आफ्नो दोस्रो जित दर्ता गरेको छ भने धनगढी स्टार्सले दोस्रो हार व्यहोरेको छ।

धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिवाइसी अत्तरियाले धनगढीलाई ५ रनले हराउँदा रुपन्देहीले विराटनगर किंग्सविरुद्ध ५ विकेटको जित निकाल्यो। विराटनगरले दिएको ९४ रनको मध्यम लक्ष्य रुपन्देहीले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको हो। सुरुवाती ब्याट्सम्यान सस्तैमा पभेलियन फर्केपछि दबाबमा आएको रुपन्देहीको ईनिङस पुनित मेहरा र बावर हायातले उकासेका थिए।मेहराले ४६ र हायातले १७ रन जोडे। भीम सार्कीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

विराटनगरका अविनाश यादवले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै ९३ रन जोड्यो। विराटनगरका असदुल्लाह खानले १६, कुशल भुर्तेलले १२ रन जोडे। राजेश पुलामी १७ रनमा नटआउट रहे। रुपन्देहीका पुनित मेहराले ३ तथा बसन्त रेग्मी र ललित भण्डारीले २–२ विकेट लिए।

मंगलबार नै भएको पहिलो खेलमा धनगढीलाई ५ रनले हराउँदै अत्तरिया, तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अत्तरियाले दिएको ९६ रनको सामान्य चुनौती पच्छ्याएको धनगढीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। राजु रिजालले अविजित २६ रन बनाएको इनिङस्मा रोहन मुस्तफाले १८ रन जोडेका थिए। भुवन कार्कीले धनगढीको ४ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ५ विकेट गुमाएर ९५ रनको मध्यम योगफल तयार गर्‍यो। सन्नी पटेलले नटआउट ३५ रन बनाएको इनिङसमा जयकिशन कोलसावालाले २१ रनको योगदान गरे।

धनगढीका रोहन मुस्तफाले २ विकेट लिए। लिगमा भोलि महेन्द्रनगर युनाईटेड र काठमाडौं गोल्डेन्स तथा विराटनगर किंग्स र धनगढी स्टार्स बीच प्रतिस्पर्धा हुनेछ। 
 


 

More form the Internet

loading...