Suvadin, Home

च्याम्पियन्स लिगमा मेस्सी भन्दा सर्वाधिक गोल गर्न चाहान्छुः ह्यारी क्यान

केनले बुधबार राति हुने खेलमा एक मात्र गोल गर्न सफल भएमा उनको च्याम्पियन्स लिगमा गोल रेकर्ड १२ खेलमा १० पुग्नेछ जुन मेस्सीको रेकर्डको अाधा समयमै हुनेछ। मेस्सीले १७ वर्षमा च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए भने केनले २३ वर्षको उमेरमा च्याम्पियन्स लिगमा डेब्यु गरेका हुन्। मेस्सीले च्याम्पियन्स लिगको २३ खेलबाट खेलेपछि १० गोलको रेकर्ड राख्न सफल भएका थिए। 
ह्यारी क्यान, टोटनह्याम हटस्पर

काठमाडाैं, १७ असोज – टोटनह्याम हटस्पर क्लबका स्ट्राइकर ह्यारी केनले च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको भन्दा सर्वाधिक गोल गर्ने टारगेट बनाएका छन्। उनले अाफ्नो 
फुटबल करिअरको लागी पनि मेस्सीको भन्दा बढी स्कोर गर्ने टारगेट सेट गरेका हुन्।

मेस्सीको नाममा वेइमब्लेमा १०३ च्याम्पियन्स लिगको गोल रेकर्ड छ भने केनको जम्मा ९ गोलको रेकर्ड छ। केनले बार्सिलोनाकोविरूद्धमा गोल गर्न सकेमा उनको सिङगल डिजिटमा भएको गोल रेकर्ड डबल डिजिटमा पुग्नेछ। 

यदि केनले बुधबार राति हुने खेलमा एक मात्र गोल गर्न सफल भएमा उनको च्याम्पियन्स लिगमा गोल रेकर्ड १२ खेलमा १० पुग्नेछ जुन मेस्सीको रेकर्डको अाधा समयमै हुनेछ। 

मेस्सीले १७ वर्षमा च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए भने केनले २३ वर्षको उमेरमा च्याम्पियन्स लिगमा डेब्यु गरेका हुन्। मेस्सीले च्याम्पियन्स लिगको २३ खेलबाट खेलेपछि १० गोलको रेकर्ड राख्न सफल भएका थिए। 

यस पटक रूसमा सम्पन्न भएको विश्वकपमा केनले गोलडन बुट जित्न सफल भएका थिए। उनले हाल सम्म क्लबका लागि १४५ गोल गरिसकेका छन्। असाधारण क्षमता भएका केन अाफुले मेस्सीको रेकर्ड तोड्न सक्ने विश्वास व्यक्त गरेका छन्। केनले भने, 'मेस्सीले अझै गोल गरिरहेका छन्। उनलार्इ हेरेर म त्यसलार्इ म्याच गर्ने कोसिस गरिरहेको छु र मलार्इ विश्वास छ कि म यो गर्न सक्छु।'


 

More form the Internet

loading...