Suvadin, Home
Nepal Telecom 2.263M

मकवानपुर क्रिकेट मैदान तयार

याे मैदानकाे निर्माण कार्य २ वर्ष अगाडी शुरु भएकाे आयोजकले जानाकारी दिएका छन्। क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण गर्न करीब ३० लाख खर्च भएको निर्माण समितिले बताएकाे छ।
फायल तस्वीर।

काठमाडाैं, २८ पुस – मकवानपुरकाे हेटाैंडामा राष्ट्रिय स्तरकाे क्रिकेट मैदान निर्माणकार्य सम्पन्न भएकाे छ। मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौंडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हाे।

याे मैदानकाे निर्माण कार्य २ वर्ष अगाडी शुरु भएकाे आयोजकले जानाकारी दिएका छन्। क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण गर्न करीब ३० लाख खर्च भएको निर्माण समितिले बताएकाे छ।

सरकारी बजेटमा निर्माण भएको योे क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता र अभ्यासका लागि उपयुक्त रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिएका छन्।

हुप्रचौरमा विगतमा खाल्डाखुल्डीका साथै झाररहित मैदान र उपयुक्त पिचकाे अभावका वावजुत क्रिकेट प्रतियोगिता र अभ्यास गर्नुपर्ने बाध्यता रहेकाले पनि मकवानपुरे क्रिकेटको विकास हुन नसकेको अवस्थामा नवनिर्मित मैदानले उत्साह थप्ने विश्वास अध्यक्ष तिमिल्सिनाकाे छ।

तिमल्सिनाका अनुसार हुुप्रको १४० मिटर लम्बाइ र १२० मिटर चौडाइको जमिनलाई उपयुक्त क्रिकेट मैदानका रूपमा निर्माण गरिएको हो।

क्रिकेट विकासमा अगाडि बढिरहेको मकवानपुरलाई हुप्रमा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुनु महत्व र गौरवको विषय बनेकोसमेत उनी बताउँछन्।


 

More form the Internet

loading...