Suvadin, Home

Cover Image

सेमिफाइनलको पहिलो खेलमा आज भारत र न्युजिल्याण्ड भिड्‍दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (मंगलबार) भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको म्यानचेष्टरमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । 

ओल्ड ट्राफोर्डमा मैदान उत्रदा दुवै टोलीको नजर फाइनल पुग्‍ने रहनेछ । दुवै टिमले सेमिफाइनलका लागि तयार भएको बताईसकेका छन् । यस खेलको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछन् ।

दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा भारत बलियो देखिएको छ । पाँच भेटमा भारतले ३ खेल जितेको छ । न्युजिल्याण्डले १ खेल जितेको छ । एक खेल नतिजाविहीन बनेको थियो ।

विश्वकप इतिहासमा पहिलो पटक भारत र न्युजिल्याण्ड सेमिफाइनलमा खेल्न लागेका हुन् । यसै विश्वकपको लिग चरणको खेलमा पनि दुई टोलीबीच खेल भएको थिएन् । बर्षाले प्रभावित गर्दा दुई टोलीबीचको खेल रद्द भएको थियो ।

विश्वकपको सेमिफाइनलमा पहिलो पटक खेल्न लागेपनि दुई टोलीबीच यू-१९ विश्वकपको सेमिफाइनलमा भने प्रतिस्पर्धा गरेका थिए ।

सन् २००८ मा भएको उक्त यू-१९ विश्वकपको सेमिफाइनलमा भारतले बाजी मारेको थियो । र, फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले उपाधि नै जितेको थियो ।
 


 

More form the Internet

loading...