Suvadin, Home

भारतद्वारा एक दिवशीय क्रिकेट कब्जा!
श्रीलंकाविरुद्धकाे निर्णायक खेलमा भारत ८ विकेट विजयी

तेश्रो तथा निर्णायक खेलमा पाहुना टोली श्रीलंकालाई ८ विकेटले पराजित गर्दै घरेलु टोली भारतले तीन एक दिवशीय म्याचको श्रृंखला २–१ ले कब्जा गरेको छ।
जीतपछि भारतीय क्रिकेटर शिखर धवन र दिनेश कार्तिक।

उत्तम रिजाल, झापा, ३ पुस – तेश्रो तथा निर्णायक खेलमा पाहुना टोली श्रीलंकालाई ८ विकेटले पराजित गर्दै घरेलु टोली भारतले तीन एक दिवशीय म्याचको श्रृंखला २–१ ले कब्जा गरेको छ।

विशाखापटनम्मा टस हारेर ब्याटिङ गरेको पाहुना टोलीले प्रस्तुत गरेको २ सय १६ रनको सामान्य लक्ष्य घरेलु टोलीले खेल सकिन एक सय ७ बल अगावै २ विकेट गुमाएर भेटाएको थियो।

उसको जीतमा म्यान अफ दी म्याच ओपनर शिखर धवनले अविजित एक सय तथा दिनेश कार्तिकले अविजित २६ रनको योगदान दिए। ८५ बलको सामना गरेका धवनले १३ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै श्रेयस सन्तोष इएरले ६५ रनको योगदान दिए। श्रीलंकाका अकिला धनञ्जय र थिसरा परेराले समान एक विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको पहुँना टोलीले खराब प्रदर्शन गर्दै ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सय १५ रन जोडेको थियो।

उसका ओपनर उपल थरङ्गाले सर्वाधिक ९५ तथा सदिरा समराविकरामाले ४२ रनको योगदान दिन बाहेक अन्यले खासै प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका ५ व्याट्सम्यान बिना दोहोरो अंकको स्कोर जोड्दै पेवेलियन फर्किए।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा युभेन्द्र चहल र कुलदीप यादवले समान तीन तथा हार्दिक पाण्डेले २ विकेट लिए। यसअघि सम्पन्न तीन टेष्ट म्याचको श्रृंखला पनि घरेलु टोलीले १–० ले जितेको थियो। यी दुई टिमबीच अब तीन ट्वान्टी–ट्वान्टी म्याच हुनेछ।


 

More form the Internet

loading...