Suvadin, Home

भारत र श्रीलंकालार्इ दाेहाेराे जीत

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को प्रतिस्पर्धामा बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्यो। सिंगल्समा बंगलादेशका मोहमद रोमन होसैनले नेपालका आरभसम्राट हाडालाई ५–३ र ४–१ को सोझो सेटमा हराए। अर्को सिंगल्समा नेपालका आर्यन गिरीले बंगलादेशका हसन माहादी अल्भेलाई १–४, ४–० र ४–१ ले हराउदै खेललाई १–१ को बराबरी स्थितिमा ल्याएका थिए। डबल्समा भने नेपाली जोडी आरभ र आर्यन बंगलादेशी जोडी रोमन र जुवैद उत्सोसँग ५–४ ९२० र ४–२ ले चुके।
प्रतियाेगितामा सहभागी खेलाडी।

काठमाडौं, जेठ ३ - भारत र श्रीलंकाले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा मंगलबार दोहोरो जित हात पारेका छन्। बंगलादेशले पनि एक जित आत्मासात् गर्यो।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को प्रतिस्पर्धामा बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्यो। सिंगल्समा बंगलादेशका मोहमद रोमन होसैनले नेपालका आरभसम्राट हाडालाई ५–३ र ४–१ को सोझो सेटमा हराए। अर्को सिंगल्समा नेपालका आर्यन गिरीले बंगलादेशका हसन माहादी अल्भेलाई १–४, ४–० र ४–१ ले हराउदै खेललाई १–१ को बराबरी स्थितिमा ल्याएका थिए। डबल्समा भने नेपाली जोडी आरभ र आर्यन बंगलादेशी जोडी रोमन र जुवैद उत्सोसंग ५–४ ९२० र ४–२ ले चुके।

ब्वाइजको समूह ‘ए’ मा भारतले भुटानलाई ३–० पाखा लगायो। गल्र्सको समूह ‘ए’ मा पनि भारतले नेपाललाई ३–० कै नतिजामा निराश पार्दै दोहोरो जित निकाल्न सफल भयो। नेपालबाट सर्भानी श्रेष्ठ र ईशाश्री शाहले सिंगल्समा प्रतिस्पर्धा गरेका थिए भने सर्भानी र सुभांगीलक्षमी शाहले डबल्समा खेलेका थिए।

तीनवटै स्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित भयो।

 


 

More form the Internet

loading...