Suvadin, Home

ट्वान्टी–ट्वान्टी क्रिकेटमा भारतको अहिलेसम्मकै फराकिलो जीत

भारतको यो ट्वान्टी–ट्वान्टी म्याचको अहिलेसम्मकै फराकिलो अन्तरको जीत हो। यसअघि सन् २०१२ मा कोलम्बोमा भएको खेलमा भारतले इंल्याण्डलाई ९० रनले पराजित गरेको थियो।

उत्तम रिजाल, झापा, ६ पुस – श्रीलंका विरुद्धको पहिलो ट्वान्टी–ट्वान्टी म्याचमा भारत ९३ रनले विजयी भएको छ।

भारतको यो ट्वान्टी–ट्वान्टी म्याचको अहिले सम्मकै फराकिलो अन्तरको जीत हो। यसअघि सन् २०१२ मा कोलम्बोमा भएको खेलमा भारतले इंल्याण्डलाई ९० रनले पराजित गरेको थियो।

अहिलेसम्मकै फराकिलो अन्तरको जीत निकाल्ने क्रममा उसले १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंकालाई १६ ओभरमै ८७ रनमा समेटेको थियो।

श्रीलंकाका ६ ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। श्रीलंकाका ओपनर उपल थरंगाले सर्वाधिक २३, कुशल परेराले १९ तथा निरोशन डिकवेलाले १३ रनको योगदान दिए।

भारतका युभेन्द्र चहल र हार्दिक पाण्डे चम्किँदा श्रीलंकाको इनिङ्ग धरासायी भयो। चहलले ४ तथा पाण्डेले ३ विकेट लिंदा कुलदीप यादवले २ विकेट लिए।

यसअघि कुटाकमा टस हारेर ब्याटिङ गरेको पाहुना टोली भारतले उत्कृष्ट प्रदर्शन गर्दै लोकेश राहुलको ६१, महेन्द्रसिंह ध्वनीको ३९, मनिष पाण्डेको ३२ रनको मद्दतमा ३ विकेटको क्ष्यतिमा एक सय ८० रन बनाएको थियो।

ध्वनी र पाण्डे अविजित रहेका थिए। खेलको म्यान अफ दि म्याच युभेन्द्र चहल भए। जीतसँगै भारतले तीन ट्वान्टी–ट्वान्टी म्याचको श्रृंखलामा एक शुन्यको अग्रता लिएको छ। दोश्रो म्याच भोली इन्डोरमा हुनेछ।


 

More form the Internet

loading...