Suvadin, Home

दोश्रो इनिङमा श्रीलंकाको ब्याटिङ ध्वस्त, भारत एक इनिङ्स र दुर्इ सय ३९ रनले विजयी

हिलो इनिङमा श्रीलंकालाई २ सय ५ रनमा समेटेको भारतले दोश्रो इनिङमा ४९ दशमलव ३ ओभरमा एक सय ६६ रनमै समेटेकाे हाे। यससँगै घरेलु टोली एक इनिङ्स र २ सय ३९ रनले विजयी भएको हो। 

झापा, मंसिर ११ – श्रीलंकाविरुद्धको दोश्रो टेष्टमा घरेलु टोली भारत एक इनिङ्स र २ सय ३९ रनले विजयी भएको छ। पहिलो इनिङमा श्रीलंकालाई २ सय ५ रनमा समेटेको भारतले दोश्रो इनिङमा ४९ दशमलव ३ ओभरमा एक सय ६६ रनमै समेटेकाे हाे। यससँगै घरेलु टोली एक इनिङ्स र २ सय ३९ रनले विजयी भएको हो। 

श्रीलंकाका लागि कप्तान दिनेश चण्डिमालले सर्वाधिक ६१ तथा सुरंगा लक्मलले ३१ रन जोड्न बाहेक अन्यले उल्लेखीय प्रदर्शन गर्न सकेनन्। सो क्रममा श्रीलंकाका चार ब्याट्सम्यान डकआउट भए। श्रीलंकालार्इ सस्तैमा समेट्ने क्रममा रविचन्द्रन अाश्विनले चार तथा इशान्त शर्मा,उमेश यादव र रविन्द्र जडेजाले समान दुई विकेट लिएका थिए।

घरेलु टोली भारतले पहिलो इनिङमा उत्कृष्ट प्रदर्शन गर्दै एक सय ७६ दशमलव एक ओभरमा ६ विकेटको क्षतिमा ६ सय १० रन जोडेपछि इनिङ समाप्तिको घोषणा गरेको थियो।

उसका तीन ब्याट्सम्यानले शतक तथा एक ब्याट्सम्यानले दोहोराे शतक प्रहार गरे। सो क्रममा भारतका कप्तान तथा म्यान अफ दि म्याच विराट कोहलीले दुई सय १३, चेतेश्वर पुजाराले एक सय ४३, ओपनर मुरली विजयले एक सय २८ तथा रोहित शर्माले अविजित एक सय २ रन जोडेका थिए।

जीतसँगै घरेलु टोलीले तीन टेष्ट म्याचको श्रृंखलामा एक शुन्यको अग्रता लिएको छ। यी दुर्इ टिमबीचको तेश्रो तथा अन्तिम टेष्ट आगामी १६ गते दिल्लीको फिरोज शाह कोटला स्टेडियममा हुनेछ।


 

More form the Internet

loading...