Suvadin, Home

चण्डिमाल र म्याथ्युजले बँचाए श्रीलंकालाई

भारतविरुद्धको तेश्रो तथा निर्णायक टेष्टको पहिलो इनिङको शरुमै ३ विकेट गुमाएर दबाबमा रहेको पाहुना टोली श्रीलंकालाई कप्तान दिनेश चण्डीमाल र एञ्जेलो म्याथ्युजले बँचाएका छन्।
शतक प्रहार गरेपछि खुशी साट्दै श्रीलंकाली कप्तान दिनेश चण्डिमाल।

उत्तम रिजाल, झापा, मंसिर १८ – भारतविरुद्धको तेश्रो तथा निर्णायक टेष्टको पहिलो इनिङको शरुमै ३ विकेट गुमाएर दबाबमा रहेको पाहुना टोली श्रीलंकालाई कप्तान दिनेश चण्डिमाल र एञ्जेलो म्याथ्युजले बँचाएका छन्।

७५ रन जोड्दा ३ विकेट गुमाएर दबाबमा परेको श्रीलंकाका लागि कप्तान दिनेश चण्डिमालले तेश्रो दिनको खेल सकिँदासम्म अविजित एक सय ४७ रन जोडेका छन्। ३ सय ४१ बलको सामना गरेका उनले १८ चौका र एक छक्का प्रहार गरे।

त्यस्तै, २ सय ६८ बलको सामना गरेका म्याथ्युजले १४ चौका र २ छक्काको सहायतामा एक सय ११ रनको योगदान दिए। दिलरुवान परेराले ४२ रनमा चित्त बुझाएको खेलमा श्रीलंकाका अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

उसका तीन ब्याट्सम्यानले त खाता खोल्नै सकेनन्। तेश्रो दिनको खेल सकिँदासम्म पाहुना टोलीले एक सय ३० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५६ रन जोडेको छ। क्रिजमा लक्सन सन्दकान र चण्डीमाल छन्।

सात बलको सामना गरेका सन्दकानले खाता खोल्न सकेका छैनन्। पाहुना टोली अझै एक सय ८० रनले पछि छ। यसअघि दिल्लीको फिरोज शाह कोटला स्टेडियमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली भारतले ७ विकेटको क्षतिमा ५ सय ३६ रन बनएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो।

भारतका कप्तान विराट कोहलीले सर्वाधिक २ सय ४३, ओपनर मुरली विजयले एक सय ५५ र रोहित शर्माले ६५ रनको योगदान दिएका थिए। तीन टेष्ट म्याचको श्रृंखलामा घरेलु टोली १–० ले अघि छ।


 

More form the Internet

loading...