Suvadin, Home

सुनसरीको इटहरीमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

संयोजक दीपेन्द्रप्रसाद दाहालले प्रतियोगितामा हालसम्म १९ देशका खेलाडीहरु सहभागी हुने निश्चित भएको बताएका छन्। उनले खेल हुने दिन अझै टाढा भएकोले सहभागी हुने देशको संख्या अझ बढ्न सक्ने बताएका छन्।
अायाेजक संस्थाका पदाधिकारी।

उत्तम रिजाल, इटहरी, मंसिर १५ – सुनसरीको इटहरीमा आगामी पुस १७ र १८ गते १२औं अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ। इटहरीमा आयोजक अाइअाेएफटिसीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएको हो। 

पत्रकार सम्मेलनमा नेपाल संयोजक दीपेन्द्रप्रसाद दाहालले प्रतियोगितामा हालसम्म १९ देशका खेलाडीहरु सहभागी हुने निश्चित भएको बताएका छन्। उनले खेल हुने दिन अझै टाढा भएकोले सहभागी हुने देशको संख्या अझ बढ्न सक्ने बताएका छन्।

प्रतियोगितामा एक हजारभन्दा बढी विदेशी खेलाडीहरु सहभागी हुनेछन्। एक करोड ५७ लाख लागत रहेको उक्त प्रतियोगितामा पुम्सेतर्फ एलोदेखि सेभेन डान सम्म दश इभेन्टका लागि प्रतिस्पर्धा हुनेछ।

त्यस्तै ग्योरोगीतर्फ पुरुष ३३ केजी तलदेखि ८० केजीसम्म २३ इभेन्टमा प्रतिस्पर्धा हुने आयोजना व्यस्थापन समितिका अध्यक्ष तथा इटहरी तेक्वान्दो प्रमुख फडिन्द्र खड्काले जानकारी दिए। त्यस्तै प्रतियोगितामा महिलातर्फ २९ केजी तल देखी ६७ केजी सम्म २३ इभेन्टका लागि प्रतिस्पर्धा हुनेछ।

सोही प्रतियोगिताका लागि अहिले इटहरी रंगशालामा कवर्ड हल निर्माण कार्यलाई तीब्रता दिइएको छ। कवर्ड हल सञ्चालनका लागि द्रूत गतिमा काम भइरहेको सुनसरी जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा कवर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न बेलायतमा रहेका मुल आयोजक कमिटीका संयोजक राष्ट्र राई अहिले विदेश विभाग हेरिरहेको नेपाल संयोजक दीपेन्द्रप्रसाद दाहालले जानकारी दिएका छन्।

उनले प्रतियोगितामा सहभागिता जनाउने डब्ल्यूटिएफका खेलाडीले www.ioftc.org मा अनलाइन फारम पनि भर्न सक्ने बताएका छन्।

सगरमाथा मल्टीमार्शल आर्ट संघका अध्यक्ष दीपक धिमालले यस्तो प्रतियोगिता पूर्व क्षेत्रमा गर्न पाउनुले आफूहरुलाई थप हौसला मिलेको बताए। प्रतियोगिताका निर्देशक ग्राण्ड मास्टर दिवाकर महर्जन रहेका छन्।


 

More form the Internet

loading...