Suvadin, Home

आईपीएलः हैदरावादसँगको खेल रद्दले बेङ्लोरलाई घाटा

मंगलबार राति बेङ्लोरमा तय गरिएको खेल वर्षातका कारण टस नै नभइ रद्द भएको हो। 
वर्षाले स्थगित खेल।

काठमाडौँ, वैशाख १३ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदरावादबीचको खेल वर्षाका कारण रद्द भएको छ।

मंगलबार राति बेङ्लोरमा तय गरिएको खेल वर्षातका कारण टस नै नभइ रद्द भएको हो। 
खेल रद्द हुँदा दुबै टिमले १÷१ अंक बाँडेपनि बेङ्लोरलाई घाटा लागेको छ। ८ खेलमध्ये अहिलेसम्म २ खेलमात्र जितेको बेङ्लोर प्लेअफमा पुग्ने यात्रामा समस्या सिर्जना भएको छ।

हैदरावादसँगको खेल रद्द भएपछि बेङ्लोर ५ अंकसहित छैटौं स्थानमा छ। ८ खेलबाट ९ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा छ। लिगमा अब विराट कोहली कप्तान रहेको बैंग्लोरले ६ खेल खेल्न बाँकी छ। बाँकी सबै खेल जितेमा उसको १७ अंक हुनेछ ।  


 

More form the Internet

loading...