Suvadin, Home

अाइपिएल अक्सनमा सर्वाधिक महँगा हुनसक्ने दस खेलाडी

इण्डियन प्रिमियर लिग अाइपीएलकाे खेलाडी अक्सन प्रक्रिया फेब्रअरी २० तारिखमा बेङलाेरबाट सुरू हुँदै छ। याे लिलामीमा सबैकाे नजर साेझिएकाे छ। किनभने लिलामीमा विश्व क्रिकेटका प्रभावशाली हस्तीहरूलार्इ सहभागी गराइँदैछ।

काठमाडाैं, फागुन

इण्डियन प्रिमियर लिग अाइपिएलकाे खेलाडी अक्सन प्रक्रिया फेब्रअरी २० तारिखमा बेङलाेरबाट सुरू हुँदै छ। याे लिलामीमा सबैकाे नजर साेझिएकाे छ किनभने लिलामीमा विश्व क्रिकेटका प्रभावशाली हस्तीहरूलार्इ सहभागी गराइँदैछ।

कुन खेलाडी कति मुल्यमा कुन टिमले खरिद गर्याे भन्ने सबैकाे चासाेकाे विषय रहन्छ। साे अक्सनमा कुल ३ सय ५१ खेलाडीकाे बाेली लाग्दै छ। त्यसकाे सबैभन्दा अाकर्षण ब्रिटिश खेलाडी बेन स्टक्स हुने छन्।

अाइपीएल-२०१६ मा उनकाे जबर्जस्त प्रदर्शन रहेकाे छ। उनकाे अाधार रकम २ कराेड रूपैयाँ रहेकाे छ। उनीसँगै याे अक्सनमा सबैका नजर रहने १० ठुला खेलाडीहरू यस प्रकार रहेका छन्।

इशान्त शर्मा, भारत

भूमिका: बलर

रकम: २ कराेड
अाइपिएल अक्सनमा भारतमा सबैभन्दा अाकर्षकमा रहने खेलाडी हुन्, इशान्त शर्मा। इशान्त पछिल्लाे सिजनमा धाेनीकाे टिम राइजिङ पुणेमा थिए। अघिल्लाे सिजनमा उनले ३ वटा खेल खेलेका थिए।
जसमा तीन विकेट लिएका थिए। इशान्तलाइ पुणेले ३ कराेड ८० लाखमा किनेकाे थियाे। यस सिजनमा इशान्तकाे अाधार रकम २ कराेड रूपैयाँ छ। उनले हालसम्म ४ वटा अाइपिएल खेलिसकेका छन्।
 
एन्जिलो म्याथ्यूज, श्रीलंका
भूमिकाः अलराउण्डर
अनुमानित रकमः २ करोड
म्याथ्यूज विश्वका उत्कृष्ट अलराउण्डरहरू मध्येका एक हुन्। श्रीलंकाका कप्तान रहिसकेका म्याथ्यूजलार्इ २०१५ काे अाइपीएल ८ मा दिल्लीले ७ कराेड ८० लाखमा किनेकाे थियाे। यस अाइपिएल सिजनमा पनि उनकाे अत्याधिक बाेली लाग्ने अनुमान गरिएकाे छ। 

बेन स्टोक्स, इङ्ल्याण्ड

भूमिकाः ब्याट्सम्यान

अनुमानित रकमः २ करोड
इङ्ल्याण्डका धुँवाधार ब्याट्सम्यान बेन स्टक्स पहिलाे पटक अाइपिएल अक्सनमा समावेश गरिएका खेलाडीहरू हुन्। अाठै टिमका मालिकहरूले उनलार्इ अाफ्नाे टिममा अनुबन्ध गर्ने जनाउ दिइसकेका बेला उनी पनि राम्राे मूल्य लिने दाउमा रहेका छन्।
 
क्रिस बक्स, इङ्ल्याण्ड
भूमिकाः बलर
अनुमानित रकमः २ करोड
स्टक्स जस्तै क्रिस पनि अाइपिएलमा पहिलाे पटक समावेश गरिएका खेलाडी हुन्। अाधार रकम २ कराेड राखिएकाे उनलार्इ शाहरूख खान मालिक रहेकाे कलकत्ता नाइट राइडर्सले लिने चर्चा छ।
 
इयान मोर्गन, इङ्ल्याण्ड
भूमिकाः ब्याटसम्यान
अनुमानित रकमः २ करोड
इयान माेर्गन सन् २०१० देखि अाइपीएल खेल्दै छन्। सुरूमा उनी कलकत्ता नाइट राइडर्समा थिए। २०१५ मा उनी सनराइजर्स हैदरावादसँग जाेडिए। याे वर्ष उनलार्इ कसले खरिद गर्छ त्याे अक्सनकाे दिन नै थाहा हुनेछ।
 
मिचेल जाेनसन, अस्ट्रेलिया
भूमिकाः बलर
अनुमानित रकमः २ करोड
अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल जाेनसन सबै टिम मालिकका नजरमा परेका खेलाडी हुन्। सन् २०१६ काे अाइपीएल उनले किंस इलेवेन पञ्जावबाट खेलेका थिए। ३ खेल खेलेका उनले २ विकेट लिएका थिए। 
 
पेट कमिन्स, अस्ट्रेलिया
भूमिकाः बलर
अनुमानित रकमः २ करोड
पेट कमिन्सले सन् २०१४ मा पहिलाे पटक अाइपीएल खेलेका हुन्। उनी कोलकत्ता नाइट राइडर्सका सदस्य थिए। दुर्इ सिजनमा उनलार्इ ४ खेल खेल्ने माैका मिलेकाे थियाे।
 
जाेनी बेरिस्टाे, इङ्ल्याण्ड
भूमिकाः विकेटकिपर/ब्याट्सम्यान
अनुमानित रकमः १ कराेड ५० लाख
जाेनी दुर्इ सिजनदेखि अाइपिएलकाे अक्सनमा सामेल छन्। उनलार्इ कसैले किनेकाे थिएन। तर, २०१६ पछि उनले अाफ्नाे प्रदर्शन निकै सुदृढ बनाएका छन्। त्यसैले उनले पनि राम्राे मूल्य पाउन सक्ने अाँकलन गरिएकाे छ।
 
ट्रेन्ट बोल्ट, न्यूजिल्याण्ड
भूमिकाः बलर
अनुमानित रकमः १ कराेड ५० लाख
बाेल्ट सन् २०१५ बाट अाइपिएलमा जाेडिएका हुन्। सन् २०१६ मा उनलार्इ सनराइजर्स हैदराबाद ले ३ कराेड ८० लाखमा किनेकाे थियाे। उनले त्यस सिजनमा केबल १ मात्र खेल खेलेका थिए। 

 

More form the Internet

loading...