Suvadin, Home

Cover Image

आर्इपीएलकाे प्लेअफ समीकरण पूरा
मुम्बर्इ र पुने तथा हैदरावाद र कोलकता भिड्ने

राइजिङ पुने सुपरजायन्टले आइतबार राति भएको खेलमा किङ्स–११ पन्जाबलाई ९ विकेटले पराजित गरेसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । 
प्लेअफमा पुगेका टाेली।

काठमाडाैं, जेठ १ - राइजिङ पुने सुपरजायन्टले आइतबार राति भएको खेलमा किङ्स–११ पन्जाबलाई ९ विकेटले पराजित गरेसँगै इन्डियन प्रिमियर लिग (आर्इपीएल) को प्लेअफ समीकरण पूरा भएको छ । 

प्लेअफमा मुम्बईले पुन र सनराइजर्सले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने भएका छन्। प्लेअफमा स्थान सुरक्षित गर्न पुनेले पन्जाबलाई ९ विकेटले पराजित गर्यो। 

७३ रनमा अलआउट भएको पञ्जाबलाई अजिन्क्या रहाने र कप्तान स्टिभ स्मिथले अविजित रहँदै निराश पारे। पन्जाबका तर्फबाट कुनै पनि खेलाडी धेरैबेर क्रिजमा टिक्न सकेनन्। अक्षर पटेलले २२ रन बनाउँनुबाहेक अन्यको प्रदर्शन फिक्का रह्यो। 

पुनेका जयदेव अनाडकटले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए भने शार्दूल ठाकुरले ३ विकेट तथा अदाम जाम्पा र डानियल क्रिजटायनले २ विकेट लिए। 

पुनेका ओपनर रहानेले अविजित ३४ रन तथा राहुल त्रिपाठीले २८ रन बनाए। त्यस्तै, कप्तान स्मिथ १८ बलमा १५ रन बनाए। 
 


 

More form the Internet

loading...