Suvadin, Home

सन्दीपको आईपीएल टिम दिल्लीले फेर्यो आफ्नो नाम

अघिल्लो संस्करणबाट दिल्लीबाट डेब्यू गरेका सन्दीपले यसपटक पनि दिल्लीबाटै खेल्ने भएका छन्। सन्दीपले गत वर्ष अन्तिम ३ खेलमा मौका पाउँदा ५ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरेका थिए।

दिल्ली, १९ मंसिर – इन्डियन प्रिमियर लिग आईपीएल २०१९ को सिजन शुरूवाती दिन नजिकिदैँ गर्दा फ्रेन्चाइज टोली दिल्ली डेयर डेभिल्सले आफ्नो नाम परिवर्तन गरेको छ। दिल्ली नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स राखेको हो।

जीएमअार ग्रुप र जेएसड्बलु स्पोर्टले अायोजना गरेको कार्यक्रममा मंगलबार दिल्लीले नयाँ नाम र लोगो समेत सार्वजनिक गरेको हो। दिल्लीले अहिले सम्म आईपीएलमा उपाधि जित्न सकेको छैन। दिल्लीले पछिल्लो सिजन पनि १४ खेलमा ५ खेल मात्र जितेको थियो।

अघिल्लो संस्करणबाट दिल्लीबाट डेब्यू गरेका सन्दीपले यसपटक पनि दिल्लीबाटै खेल्ने भएका छन्। सन्दीपले गत वर्ष अन्तिम ३ खेलमा मौका पाउँदा ५ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरेका थिए।

दिल्लीले यस सिजनका लागि ठूला नामहरुलाई टोलीबाट बाहिर राख्दा सन्दीप भने फेरीपनि दिल्लीमै रहने भएका हुन्। दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन अलराउण्डरद्वय ग्लेन म्याक्सवेल र ड्यान क्रिस्टियन, लियाम प्लंकेट र जुनिअर डालालाई टोलीमा समावेश गरेको छैन।

भारतीय स्पिनर सहबाज नदीम, अलराउण्डर विजय शंकर, अभिषेक शर्मा र विकेटकिपर नमन ओझा पनि अर्को सिजनका लागि टोलीमा समेटिएका छैनन्। दिल्लीले सनराइजर्स हैदराबादबाट ओपनर शिखर धवनलाई भने टोलीमा ल्याएको छ। यसका लागि विजय शंकर, अभिषेक शर्मा र सहबाज नदीम हैदराबाद पुगेका छन्।

पछिल्लो सिजन अन्त्यतिर टोलीको कप्तानी सम्हालेका श्रेयस ऐर, ओपनर पृथ्वी शअ, ऋषभ पन्तसँगै कोलिन मुनरो, क्रिस मोरिस, कागीसो रबाडा र ट्रेन्ट बोल्ट भने टोलीमा रहेका छन् ।भारतीय ब्याट्सम्यान मनाजोत कालरा, जयन्त यादव, राहुल टेवाटिया, हर्षल पटेल, अमित मिश्रा र आवेश खान पनि अर्को सिजन दिल्लीकै जर्सीमा हुनेछन्।

यसपटक आईपीएल नियमित हुँदै आएको मितिभन्दा केहि अगाडी सर्ने सम्भावना छ। मे महिनामा विश्वकप भएका कारण अप्रिलमा आयोजना हुँदै आएको आईपीएल यसपटक मार्चमा नै शुरु हुने प्रबल सम्भावना छ। क्रिकेट अष्ट्रेलियाले भने विश्वकपलाई मध्यनजर गर्दै यस सिजन विश्वकपमा सम्भावना भएका खेलाडीलाई आईपीएल खेल्न नदिने निर्णय लिएको छ।


 

More form the Internet

loading...