Suvadin, Home

आइपीएल २०१९ : बैंग्लोरद्वार पन्जाब १७ रनले पराजित

 १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जित हात पारेको छ । बुधबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १७ रनले पराजित गरेसँगै बैंग्लोरले चौंथो जित निकालेको हो ।

एजेन्सी ।  १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जित हात पारेको छ । बुधबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १७ रनले पराजित गरेसँगै बैंग्लोरले चौंथो जित निकालेको हो ।

एम चिन्‍नास्वामी स्टेडियममा बैंगलोरले दिएको २ सय ०३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो । 

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए ।  मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । 

बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए ।

कप्तान विराट कोहली १३ रनमा आउट भए । यस्तै मोहमद शामी, रविचन्द्र आश्विन,मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १/१ विकेट लिए ।

११ खेल खेलेको बैंग्लोरले ७ खेलमा हार व्यहोरेको छ । 


 

More form the Internet

loading...