Suvadin, Home

महिला राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र एपीएफ फाइनल भिड्ने

इटहरीमा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिमाञ्चल भिड्ने भएका छन्। डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा साेमबार सम्पन्न दाेस्राे दाेस्राे सेमिफाइनलमा पूर्वाञ्चललार्इ ७ रनकाे झिनाे अन्तरले पराजित गर्दै एपीएफले फाइनलमा सदूरपश्चिमाञ्चलसँगकाे भेट पक्का गरेकाे हाे।
पहिलाे सेमिफाइनल खेलमा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल प्रतिस्पर्धा गर्दै। तस्बिर साैजन्यः सिपी पाैडल।

काठमाडाैं, फागुन २३ - इटहरीमा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिमाञ्चल भिड्ने भएका छन्। डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा साेमबार सम्पन्न दाेस्राे दाेस्राे सेमिफाइनलमा पूर्वाञ्चललार्इ ७ रनकाे झिनाे अन्तरले पराजित गर्दै एपीएफले फाइनलमा सदूरपश्चिमाञ्चलसँगकाे भेट पक्का गरेकाे हाे।

साेमबार नै भएकाे पहिलाे सेमिफाइनलमा पश्चिमाञ्चललार्इ ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमाञ्चल फाइनल प्रवेश गरेकाे थियाे। 

टस हारेर पहिले ब्याटिंग गरेकाे एपीएफले २० अाेभरमा ९ विकेट गुमाएर ६६ रन बनायाे। एपीएफकी करूणा भण्डारीले २२ बाहेक अन्यले दाेहाेराे अंक बनाउन सकेनन्। पूर्वाञ्चलकी सरस्वती चाैधरी तथा सवनम रार्इले समान ३ तथा रूविना क्षेत्रीले २ विकेट लिइन। 

जवाफमा पूर्वाञ्चलले १९.२ अाेभरमा सवै विकेट गुमाएर ५९ रन मात्रै जाेड्न सक्याे। पूर्वाञ्चलकी राेमा थापाले १८ तथा काजाेल श्रेष्ठले १४ रन बनाइन। एपीएफकी सिता रानामगरले ३ तथा रितु कनाैजियाले २ विकेट लिइन। प्लेयर अफ द म्याच एपीएफकी करूणा भण्डारी भइन।

सुदूरपश्चिमाञ्चल र एपीएफबीच बुधबार फाइनल खेल हुनेछ। प्रतियाेगिताकाे बिजेताले एक लाख तथा उपबिजेताले ५० हजार पाउने छन्। प्रतियाेगिताकाे म्यान अफ द सिरिजले १० हजार तथा बेष्ट ब्याट्स वुमुन र बेष्ट बलरले जनही पाँच हजार प्राप्त गर्नेछन्।


 

More form the Internet

loading...