Suvadin, Home

इटहरी गोल्डकपमा उपाधि भिडन्तमा एपिएफ र काँकडभिट्टाको भेट

इटहरीमा जारी ११ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा एपिएफ पूर्वाञ्चल र काँकडभिट्टा ट्रेनिङ क्लबबीच हुने पक्का भएको छ। ब्वाइज युनियन क्लब काठमाडौंलाई २–० गोल अन्तरले पछि पार्दै काँकरभिट्टा क्लबले फाइनलको यात्रा सुरक्षित गरेको हो।
अन्तिम सेमिफाइनलमा भिड्दै काँकडभिट्टा र ब्वाइज युनियनका खेलाडी। तस्बिर : ध्रुव/शुभदिन

सुनसरी, फागुन २६ - इटहरीमा जारी ११ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा एपिएफ पूर्वाञ्चल र काँकडभिट्टा ट्रेनिङ क्लबबीच हुने पक्का भएको छ। ब्वाइज युनियन क्लब काठमाडौंलाई २–० गोल अन्तरले पछि पार्दै काँकरभिट्टा क्लबले फाइनलको यात्रा सुरक्षित गरेको हो।

पाँच जना अफ्रिकन खेलाडीसहित मैदानमा उत्रेको ब्वाइज युनियनले सम्हालिन नसक्दा बिहीबार हार व्यहोर्नुपरेको छ। पहिलो हाफसम्म दुबै टिमका खेलाडी आक्रामक उत्रे पनि गोल भने गर्न सकेनन्।

दोस्रो हाफमा भने पूरै समय काँकरभिट्टाले युनियनलाई दबाबमा राखेको थियो। दोस्रो हाफको १५ औं मिनेटमा काँकरभिट्टाका लागि सामसुङले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रदा दिलाएका थिए। निकै नै आक्रामक रुपमा प्रस्तुत भएको काँकरभिट्टाका लागि पुनः २८ मिनेटमा डिफेन्डर कमजोरीको फाइदा उठाउँदै स्यामसुङले नै दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे।

बिहीबारको खेलको म्यान अफ द म्याच काँकरभिट्टाका स्यामसुङ भएका छन्। उनले नगद ५ हजार र मेडल प्राप्त गरेका छन्। ११ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनल सशस्त्र प्रहरी बल एपिएफ पूर्वाञ्चल र काँकडभिट्टाबीच शनिबार हुने आयोजक समितिका संयोजक अनुरोध थापाले बताए।

प्रतियोगिताको बिजेताले दुई लाख र उपबिजेताले एक लाख रुपैयाँ नगद पाउनेछन्। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ३२ इञ्चको टेलिभिजन, खेलको सर्वाेत्कृष्ट खेलाडीलाई पाँच हजार नगद, र इटहरीको उदयीमान खेलाडी एक जनालाई प्रोत्साहन स्वरूप २४ इञ्चको टेलिभिजन प्रदान गरिने राष्ट्रिय जागृति क्लब इटहरीले बताएको छ।

 


 

More form the Internet

loading...