Suvadin, Home

क्रिकेट समर्थक समाजकाे अायाेजनामा क्रिकेट प्रतियाेगिता हुने

काठमाडाैं, माघ ४


नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिति झापाकाे अायाेजनामा यही माघ ६ गते देखि १३ गतेसम्म झापामा कंगारू एनसिसीएस झापा कप टी-२० प्रतियाेगिता हुने भएकाे छ। 

नकअाउट सिस्टममा अायाेजना हुने प्रतियाेगितामा १६ वटा टिमहरूकाे सहभागिता रहने नेपाली क्रिकेट समर्थक समाज (एनसिसीएस) झापा समन्वयन समितlका संयाेजक विश्वराज गाैतमले बताए। 

प्रतियाेगिताकाे उद्घाटन खेल नेपाली क्रिकेट समर्थक समाज झापा र झापाली पत्रकारहरूबीच हुने भएकाे छ। प्रतियाेगितामा यी दुर्इ टाेलीसँगै कर्णाली एजुकेशन, राइजिङ स्टार, प्रगति युवा क्लब, सुरूङ्गा वाइट वास, प्रतिभा वारियर्स, घाैलाडुब्बा युवा क्लब, न्यू दमक क्रिकेट क्लब, धाइजन क्रिकेट क्लब, युविसि जलथल, समयगढ क्रिकेट क्लब, इलाेक्ट्राे सर्ट त्रुथबारी, गणेश मन्दिर भद्रपुर, बुद्ध क्रिकेट क्लब र बुधबारे क्रिकेट क्लबकाे सहभागिता रहने गाैतमले बताए।

प्रगति युवा समाजकाे मैदानमा हुने प्रतियाेगिताका सेमीफार्इनलका खेलहरू माघ १२ गते हुनेछन्। प्रतियाेगिताकाे बिजेताले २५ हजार नगदसहित ट्रफी, मेडल पाउँनेछन भने उपबिजेताले १५ हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलार्इ अाकर्षक गिफ्ट ह्यम्पर दिइने अायाेजकले जनाएकाे छ। त्यस्तै, प्रतियाेगिताका म्यान अफ द सिरिजलार्इ ५ हजार, बेष्ट बलर र बेष्ट ब्याट्सम्यानलार्इ समान ३ हजार तथा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीलार्इ दुर्इ हजार रूपैयाँ पुरस्कार दिइने भएकाे छ। 

घरेलु क्रिकेटलार्इ चलायमान बनार्इ राख्ने उद्देश्यले साधारण नेपाली क्रिकेट सर्मथकहरूले अायाेजना गरेकाे प्रतियाेगिताकाे मुख्य प्रयाेजकमा कंगारू एजुकेशन फाउण्डेशन रहेकाे छ भने प्रतियाेगितालार्इ बिएण्डसी हस्पीटल, इलाम वेलफेयर साेसाइटी दाेहा लगायतले सहयाेग गरेका छन्। प्रतियाेगिता सम्पन्न गर्न झण्डै साढे दुर्इ लाख रूपैयाँ खर्च लाग्ने अायाेजकले जनाएकाे छ।

 


 

More form the Internet

loading...