Suvadin, Home

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै डाेमालाल रंगशाला

झापाको शानको रुपमा हेरिएको यो प्रतियोगिताले खेलप्रेमी दर्शक र आम झापाबासीको ध्यान खिचेकाे छ। डाेमालाल रंगशाला राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलाे पनि बन्दै गएकाे छ। डाेमालाल रंगशालामा फुटबल खेल्न सिकेका युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीकाे रूपमा परिचित हुँदैछन्।
डाेमालाल रंगशाला।

देबु बानियाँ, झापा, बिर्तामोड, फागुन १६ – डोमालाल रंगशाला यतिबेला बेहुलीझैं सिँगारिएको छ। यही फागुन १९ गतेबाट हुने मौफसलकै सर्वाधिक राशीको पुरस्कार रहेको रमपम झापा गोल्डकपको तेस्रो संस्करणका लागि रंगशालालाई सिंगारपेटार गर्ने काम धमाधम भइरहेको छ। जसको तयारी अन्तिम चरणमा पुगको छ। 

झापाको शानको रुपमा हेरिएको यो प्रतियोगिताले खेलप्रेमी दर्शक र आम झापाबासीको ध्यान खिचेकाे छ। डाेमालाल रंगशाला राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलाे पनि बन्दै गएकाे छ। डाेमालाल रंगशालामा फुटबल खेल्न सिकेका युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीकाे रूपमा परिचित हुँदैछन्।

बिर्तामोड नगरपालिकामा रहेको डोमालाल रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगको झापा गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताएका छन्। विजेता टिमका लागि साढे १२ लाख राशी रहेको प्रतियोगितामा नेपालका ए डिभिजनका १० वटा टिमले सहभागिता जनाउने छन्।

मैदानको वरिपरि घेराबारा, मैदान मिलाउने काम र प्याराफिटको निर्माणले रंगशालाको रुप नै फेरिएको छ। हरियो मैदान र त्यसमाथिको सजावट हेर्न लायक देखिन्छ।  

कुल ९७ लाख खर्चको अनुमान गरिएको प्रतियोगिताका धेरै जसो कामहरु सम्पन्न गरिएको अध्यक्ष गिरीले बताए। गिरीका अनुसार अहिलेसम्म मैदानको व्यवस्थापन, प्याराफिट निर्माण, प्रचारप्रसार, खेलाडीहरुका लागि बस्ने ठाउँको व्यवस्थापन, आर्थिक स्रोत व्यवस्थापन लगायतका ९० प्रतिशत कामहरु सम्पन्न भइसकेका छन्।

प्रतियोगितामा ६० देखि ६५ हजार दर्शकले खेल हेर्ने अनुमान गरिएको आयोजकले बताएको छ।

प्रतियोगितामा ए डिभिजनमा खेलेका रमपम झापा ११, रुपन्देही ११, थ्रीस्टार, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, मनाङ मस्याङ्दी, सुदूर पश्चिम, सहारा क्लब पोखरा, सिक्किम युनाइटेड भारतले सहभागी जनाउने छन्।

जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरुको जमघट हुने छ। झापाको शानका रुपमा हेरिएको यो प्रतियोगिताको मुख्य प्रायोजक एसियन थाइ फुट्स रमपम रहेको अध्यक्ष गिरीले बताए। जसले विजेता टिमको पुरस्कार स्पोन्सर गरेको छ।  

‘झापा जिल्ला फुटबलको व्यावसायिकतातर्फ अघि बढिरहेको छ,’ अध्यक्ष गिरीले भने, ‘जसको नमूना झापाका खेलाडीलाई अनुमोदन गर्न थालेका छौं।' यो वर्ष विद्यालय स्तरका ४० वटाभन्दा बढी विद्यालयका विद्यार्थीहरुलाई दर्शकका रुपमा यो प्रतियोगितामा खेल हेर्नका लागि ल्याउने उनले बताए।

जसको उद्देश्य विद्यालयस्तरमा पनि फुटबलको विकास होस् भन्ने रहेकाे छ। झापालाई फुटबल हबको रुपमा विकास गर्दै जाने र व्यावसायिक फुटबललाई अघि बढाउने नै यो प्रतियोगिताको मुख्य लक्ष्य रहेकाे उनले बताएका छन्।

पछिल्लो समय झापाले फुटबलको क्षेत्रमा निकै फड्को मारेको छ। झापा गोल्डकप त्यसको अर्काे उदाहरण हो। झापा वार्षिक ६ वटा भन्दा धेरै ठूला गोल्डकपहरु आयोजना हुँदै आएका छन्।

काँकरभिट्टा गाेल्डकप फुटबल, सुरुंगा गोल्डकप, शिवसताक्षी गोल्डकप, दमक गोल्डकपलगायतका ठूला खेलहरु आयोजना हुँदै आएका छन्। जसले खेलाडीहरुलाई उत्साहित बनाएको छ। 


 

More form the Internet

loading...