Suvadin, Home
Bridge Water

रमपम झापा गाेल्डकप फुटबल प्रतियाेगिता
झापा–११ र नेपाल अार्मी क्लब उपाधिका लागि भिड्ने

आर्मीको जीतका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो। श्रेष्ठले खेल शुरु भएको दोस्रो मिनेटमा गरेको गोलको मद्दतले आर्मी फाइनल प्रवेश गरेको हो। श्रेष्ठले पोष्टको दायाँ बार च्याप्दै गरेको बलले जाली चुमेको थियो। डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब यो पटक सेमीफाइनलबाटै घर फर्किएको छ।
नेपाल अार्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबका खेलाडी। तस्वीरः देबु बानियाँ

देबु बानियाँ, झापा, फागुन २६ – त्रिभुवन आर्मी क्लब झापाकाे बिर्तामाेडस्थित डोमालाल रंगशालामा जारी रमपम झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि आर्मीले रमपम झापा ११ को सामना गर्नेछ।

आर्मीको जीतका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो। श्रेष्ठले खेल शुरु भएको दोस्रो मिनेटमा गरेको गोलको मद्दतले आर्मी फाइनल प्रवेश गरेको हो। श्रेष्ठले पोष्टको दायाँ बार च्याप्दै गरेको बलले जाली चुमेको थियो। डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब यो पटक सेमीफाइनलबाटै घर फर्किएको छ।

खेलको ४५औं मिनेटमा मनाङका सबै खेलाडी बीट भइसकेको अवस्थामा आर्मीका टंक बस्नेतले गोल गर्न सकेनन्। मनाङका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई रेफ्री श्याम दनुवारले सिटी नबजाएपछि पनि उनले गोल गर्न सकेनन्। गोलकिपर दिनेश थापा मगरलाई क्रस गरी गरिएकाे प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो।

तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको मनाङका लागि खेलको १० मिनेटमा भिक्टोरले गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो। अञ्जन बिष्टको फ्रि किकमा भिक्टोरले गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो।

२४औं मिनेटमा सुजल श्रेष्ठले गरेको क्रस पासमा बिमल रानाले डि बक्समा पाएको बललाई फितलो प्रहार गरेका थिए। ५९औं मिनेटमा विशाल रार्इको क्रस पासमा अञ्जन बिष्टले गरेको हेडर आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरेर बाहिर फ्याँकिदिएका थिए।

खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका गोलरक्षक बिकेश कुथु घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए। म्यान अफ द म्याचको पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एशोसियट्सले उपलब्ध गराएको हो। प्रतियोगिताको बिजेताले नगद १२ लाख ५१ हजार र उपबिजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

झापाकाे फाइनल यात्रा

बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ विजयी भएको छ। जीतसँगै झापाले कम्तिमा ६ लाख रुपैंयाको पुरस्कार सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेट गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा रमपम झापा ११ ले ४−३ गोल अन्तरले विजयी भएको हो। झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देवेन्द्र तामाङले गोल गरेका थिए। विश्वास श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए।

थ्री स्टारका लागि रजिन धिमालले, विजय धिमाल र निराजन खड्काले गोल गरेका थिए। सुनिल बल र बुद्ध चेम्जोङको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो।

खेलको ११औं मिनेटमा थ्री स्टारका अजय मार्टिनको प्रहार पोष्टबारमा ठोकिएर बाहिरिएको थियो। ३०औं मिनेटमा झापाका बिशाल राइको कडा प्रहार थ्री स्टारका गोलकिपर न्यौपानेले बचाउ गरेका थिए। ६०औं मिनेटमा विशाल रार्इको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो। ६५औं मिनेटमा थ्री स्टारका दिपक राइको प्रहार झापाका गोर रक्षक किशोर गिरीले रोकेका थिए।

६७औं मिनेटमा गोलकिपर बीट भइसकेपछि थ्री स्टारका बुद्ध चेम्जोङले गरेको प्रहार झापाका डिफेन्डर दिलेन लोक्तामले गोललाइनबाट बचाएका थिए। ७५औं मिनेटमा डि एरिया नजिकै पाएको पाएको फ्रि किकलाई थ्री स्टारका सुनिल बलले प्रहार गरेका थिए। सो प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो।

खेलको म्यान अफ द म्याच झापाका डिफेन्डर देबेन्द्र तामाङ घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए। सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो।