Suvadin, Home
Nepal life 1.246M

झापा गोल्डकप फुटबल प्रतियाेगिता
झापा–११ लार्इ नेपाल आर्मीसँग घरेलु मैदानमै बदला लिने अवसर

प्रतियोगिताका लागि आयोजक झापा–११ र विभागीय टाेली नेपाल आर्मी क्लब उपाधिका लागि भिड्दै छन्। झापाका लागि पहिलो संस्करणमा व्येहोरेको हारको बदला लिने ठूलो अवसर बनेको छ। घरेलु मैदानमा फाइनल खेल्ने तयारी गरेका झापा–११ र लगातार एकपछि अर्काे उपाधि उचालेर आएको आर्मीबीच नगद १२ लाख ५० हजारसहितकाे उपाधिका लागि डोमालाल रंगशालामा प्रतिष्पर्धा हुन लागेको हो।

देबु बानियाँ, झापा, फागुन २७ – मौफसलकै सर्वाधिक राशीको पुरस्कार रहेको झापा गोल्डकप फुटबल प्रतियाेगिताको फाइनल प्रतियोगिता साेमबार हुँदैछ।

प्रतियोगिताका लागि आयोजक झापा–११ र विभागीय टाेली नेपाल आर्मी क्लब उपाधिका लागि भिड्दै छन्। झापाका लागि पहिलो संस्करणमा व्येहोरेको हारको बदला लिने ठूलो अवसर बनेको छ।

घरेलु मैदानमा फाइनल खेल्ने तयारी गरेका झापा–११ र लगातार एकपछि अर्काे उपाधि उचालेर आएको आर्मीबीच नगद १२ लाख ५० हजारसहितकाे उपाधिका लागि डोमालाल रंगशालामा प्रतिष्पर्धा हुन लागेको हो।

निरन्तर तेस्रो पटक फाइनलमा पुगेर दुर्भाग्य सावित हुँदै आएको रमपम झापा–११ र त्रिभुवन आर्मी क्लब दुवैले यस वर्षको उपाधि चुम्ने दावी गरेका छन्।

अाइतबार रंगशालामा आयोजित पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापा–११ का प्रशिक्षक प्रवेश कटुवालले खेलाडीको कडा मिहेनत र दर्शकको समर्थन खेल जित्ने मुख्य आधार भएको बताएका छन्।

उनले आर्मी सशक्त टीम भएपनि झापा टेक्निकल गेममा उत्कृष्ट भएकाले अार्मीलाई हराएर उपाधि हात पाने दाउमा रहेको बताएका छन्। प्रशिक्षक कटुवालले ओभर एजका कारण स्ट्राइकरमा केही समस्या रहेको बताउँदै त्यसलाई पूर्ति गर्न विश्वास श्रेष्ठलाई यसै वर्षदेखि अनुबन्ध गरेकाले खेल जित्ने दावी गरेका छन्।

झापा–११ का कप्तान योगेश गुरुङले आयोजकको अनुबन्धका कारण झापाली खेलाडीमा हौसला बढेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले उपाधि जितेर झापाली दर्शकको चाहना पूरा गर्ने भराेसा दिलाएका छन्।

झापा–११ पहिलो संस्करणा आर्मीसँग व्येहोरेको हारलाई बदला लिने दाउमा छ।

यसैगरी, आर्मी यो सिजनमा झापाबाटै ह्याट्रिक गर्ने दाउमा छ। आमीले यस अघि झापामा मेची नेत्रालय र शिवसताक्षी गोल्डकपको उपाधि उचाली सकेको छ।

आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन्। आर्मीमा धेरै जना राष्ट्रिय टीममा सहभागी खेलाडी रहेका छन्।

झापाको टीम सशक्त रहेको भएपनि यो सिजनको सातौं उपाधि कब्जा गर्ने दावी थापाले गरेका छन्। थापाले झापाका खेलप्रेमी दर्शकको ठूलो साथ रहेकाले झापा पनि कमजोर नरहेको बताए।

राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेका अनुभवी खेलाडीहरु रहेको बताउँदै ९० मिनेटको अवधिमा स्कोर गरेर आफ्नो पक्षमा जीत निकाल्ने रणनीति उनले सुनाएका छन्।

आर्मीले यस वर्ष देशका विभिन्न स्थानमा भएका गोल्डकपमध्ये ६ वटा गोल्डकपको उपाधि उचाली सकेको छ। यो झापा गोल्डकप आर्मीका लागि सातौं अवसर हो।

यो सिजनमा आर्मीले शिवसताक्षी गोल्डकप, मेची नेत्रालय गोल्डकप, सिमरा गोल्डकप, हेटौँडा गोल्डकप, खप्तड गोल्डकप, वीरगञ्ज गोल्कपको उपाधि उचालिसकेको छ। झापा गोल्डकपसँग ८ वटा खेलमा फाइनल खेल्ने अवसर पाएको आर्मीले दुहबी गोल्डकपकाे फाइनल खेलमा उपविजेता बनेको थियो।

झापा गोल्डकप आर्मीका लागि यो वर्षको अर्काे उपाधि थप्ने माध्यम बन्ने अवसर हो। आर्मीका कप्तान भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताएका छन्।

उनले यो वर्ष अतिरिक्त समय थपिनुपर्ने बताए। निर्धारित ९० मिनेटको खेलमा बराबरी भए सीधै टाइब्रेकरमा लगिने गरेको छ। उनले समय थप गरेर खेलाउन आग्रह पनि गरेका छन्। 

झापाले सुदूरपश्चिम–११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो। आर्मीले विभागीय टीम नेपाल पुलिस र मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।

पहिलो संस्करणदेखि निरन्तर फाइनल खेलमा पुगेर पनि दुर्भाग्य सावित हुँदै आएको झापाका लागि यो वर्ष घरेलु मैदानमा उपाधि कब्जा गर्ने अर्काे अवसर प्राप्त भएको छ।

झापाली दर्शकको अत्याधिक समर्थन पाएको झापाले पाहुना टोली आर्मीलाई पहिलो संस्करण र मेची नेत्रालय गोल्डकपमा व्येहोरेको हारलाई बदला लिने मौका पनि हुने छ।


 

More form the Internet

loading...