Suvadin, Home

बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक

आगामी माघ २५ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वोईज युनियन क्लब भिड्ने भएका छन्। दुई चरणमा गरिने प्रतियोगितामा बी डिभिजनका १२ क्लब सहभागी छन्।

 काठमाडौं, ७ माघ – अखिल नेपाल फुटबल संघ एन्फाले शहिद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ। 

आगामी माघ २५ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वोईज युनियन क्लब भिड्ने भएका छन्। दुई चरणमा गरिने प्रतियोगितामा बी डिभिजनका १२ क्लब सहभागी छन्।

दुई समुहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन्। १२ टोलीलाई २ समुहमा विभाजन गरिएको छ। समुह ए मा झम्सिखेल युथ क्लब, रानी पोखरी कर्नर टिम, श्री कुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युथ क्लब र बोईज युनियन क्लब छन्।

समुह बी मा टुसाल युथ क्लब, पुल्चोक स्र्पोटर्स क्लब, मध्यपुर युथ एशोसियसन, खुमलटार युवा क्लब, बाँसवारी क्लब र श्री भगवती क्लब छन्। 
 


 

More form the Internet

loading...