Suvadin, Home

इटहरी गोल्डकपको उपाधि झापालाई

काँकडभिट्टा ट्रेनिङ क्लब झापाले सुनसरीको इटहरीमा जारी ११ अाैं अन्तर्राष्ट्रिय इटहरी गोल्डकपकोे फाइनल जित हात पारेको छ। सशस्त्र प्रहरी बल एपिएफ पूर्वाञ्चललाई १–० गोल अन्तरले पराजित गर्दै काँकभिट्टाले फाइनल जितेको हो।  
बिहीबार फाइनल खेलमा भिड्दै खेलाडी।

सुनसरी, चैत ३ - काँकडभिट्टा ट्रेनिङ क्लब झापाले सुनसरीको इटहरीमा जारी ११ अाैं अन्तर्राष्ट्रिय इटहरी गोल्डकपकोे फाइनल जित हात पारेको छ। सशस्त्र प्रहरी बल एपिएफ पूर्वाञ्चललाई १–० गोल अन्तरले पराजित गर्दै काँकभिट्टाले फाइनल जितेको हो।  

शनिबार हुने भनिएको फाइनल बिहीबार भएको थियो। दुबै टिमका खेलाडीले निकै रोममाञ्चक खेल प्रस्तुत गरेका थिए। दुबै टिमले पहिलो हाफ बराबरी खेलेका थिए।

दोस्रो हाफको तीन मिनेटमा काँकभिट्टाका लागि ६ नम्बर जर्सीका नाइजेरियन खेलाडी पिटरले गोल गरेका थिए। उनले गरेकै गोल निर्णाय बनेको थियो। फाइनल जित हात पार्दै काँकडभिट्टाले नगद दुई लाख मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाएको सशस्त्र प्रहरी बल एपिएफले नगद एक लाख मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।

बिहीबारको खेलको म्यान अफ द म्याच काँकरभिट्टातर्फका खेलाडी पिटर भएका छन्। उनले नगद पाँच हजार र मेडल प्राप्त गरेका छन्। त्यस्तै हरेक वर्ष इटहरीको उदयीमान खेलाडी भनेर यसपटक पनि घोषित गरिएको छ। इटहरी राष्ट्रिय जागृति क्लबका खेलाडी विमल मगर यस वर्षको उदयीमान खेलाडी घोषित भएका छन्।

उनले २४ इन्चको कोनका कम्पनीको वाल टिभी प्राप्त गरेका छन्। यस्तै, सर्वाधिक गोलकर्ता काँकडभिट्टाका स्यामसङ रहेका छन् उनले नगद दस हजार रुपैयाँ प्राप्त गरेका छन्। सबैलाई पुरस्कार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले प्रदान गरेका थिए।

 


 

More form the Internet

loading...