Suvadin, Home
Nepal life 1.247M

प्याब्सन कञ्चनपुरको व्याडमिण्टन र टेबलटेनिस आजबाट शुरू

प्याब्सन कञ्चनपुरको आयोजनामा हुने जिल्लास्तरीय व्याडमिण्टन र टेबलटेनिस प्रतियोगिता आजबाट शुरू भएको छ। प्याब्सनको १०औं  वार्षिकोत्सव अन्तर्गतका उक्त खेल बिहीबारबाट शुरू भएका हुन्।
प्याब्सनको लोगो।

मदन गिरी, महेन्द्रनगर २८ भदौ – प्याब्सन कञ्चनपुरको आयोजनामा हुने जिल्लास्तरीय व्याडमिण्टन र टेबलटेनिस प्रतियोगिता आजबाट शुरू भएको छ। प्याब्सनको १०औं  वार्षिकोत्सव अन्तर्गतका उक्त खेल बिहीबारबाट शुरू भएका हुन्।

प्याब्सन कञ्चनपुरका जिल्ला सचिव अमराज भट्टका अनुसार प्रतियोगितामा कञ्चनपुरका आधारभूत तहका २५  र माध्यमिक तहका २० विद्यालयका छात्रछात्रा सहभागी छन्। बिहीबारबाट शुरू भएको उक्त प्रतियोगिता भदौ ३० सम्म सञ्चालन हुनेछ।

महेन्द्रनगरस्थित कबर्ड हलमा सञ्चालन हुने खेलमा खेलाडीबीच सिङ्गल र डबल प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। 


 

More form the Internet

loading...