Suvadin, Home

कालिकोटमा क्रिकेट

कर्णाली अञ्चल नेपालको विकट पहाडी जिल्लामा पर्छ। गरिब, अशिक्षा, बेरोजगारी, यातायातको असुबिधा, भोकमरी आदि कुराहरु आजसम्म कर्णालीका मानक बन्दै आएका छन्। भौगोलिक रुपमा जटिल भुबनोटले यस ठाउको विकासमा बाधा पुर्याएको यथार्थ हो। तर, पनि यसै अञ्चलको दुर्गम जिल्ला कालिकोटको प्रतिनिधित्व गदैै कर्णाली क्रिकेट क्लब प्रतियोगितामा सहभागिता जनाउन आएको थियो। 
नेक्सस कपमा सहभागि कर्णाली क्रिकेट टिमका खेलाडीहरू। तस्बिरः अायाेजक।

काठमाडौं, वैशाख ११ – काठमाडौं तेस्रो साता नेक्सस क्रिकेट एकेडेमीले राजधानीमा तल्लो तहदेखि क्रिकेटको विकास गर्ने उदेश्यले यु-१६ क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गर्यो। 
क्रिकेटलाई कल्चरको रुपमा विकास गर्न उमेर समूहका क्रिकेट प्रतियोगिताहरु महत्वपूर्ण मानिन्छन्। अझै लामो समयदेखि हुन नसकेका यु-१६ राष्ट्रव्यापी प्रतियोगिता हुने भएपछि नेपाली क्रिकेटका लागि त्यसलाई शुभसमाचारका रुपमा लिइयो। 

सत्र दिन चल्ने प्रतियोगितामा देशभरिका २८ वटा टिमले सहभागिता जनाउँदै थिए। आयोजकले प्रतियोगितालाई राष्ट्रव्यापी बनाउन आयोजकले ७ वटै प्रदेशबाट टिमहरुलाई सहभागिता गराएको थियो। सहभागी हुने टिमहरुको सुचीमा रहेको कर्णाली क्रिकेट क्लबले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदै थियो। 

कर्णाली अञ्चल नेपालको विकट पहाडी जिल्लामा पर्छ। गरिब, अशिक्षा, बेरोजगारी, यातायातको असुबिधा, भोकमरी आदि कुराहरु आजसम्म कर्णालीका मानक बन्दै आएका छन्। भौगोलिक रुपमा जटिल भुबनोटले यस ठाउको विकासमा बाधा पुर्याएको यथार्थ हो। तर, पनि यसै अञ्चलको दुर्गम जिल्ला कालिकोटको प्रतिनिधित्व गदैै कर्णाली क्रिकेट क्लब प्रतियोगितामा सहभागिता जनाउन आएको थियो। 

‘क्रिकेट खेलका क्षेत्रमा कालिकोटमा हामी प्रारम्भिक चरणमै छौं,’ कर्णाली क्रिकेट क्लबका प्रशिक्षक खड्कजंग शाही बताउँछन्, ‘यस क्षेत्रका पञ्चदेवल तथा राजकोट क्रिकेट खेलिने मुख्य मैदान हुन् भने अन्य साना ठूला मैदानमा पनि अभ्यास हुँदै आएको छ।’ 

क्रिकेटका लागि नै नभएर मैदान सम्भव नभएको उनी बताउँछन्। ‘तर पनि हामीले डेढ बर्ष अगाडी देखि हामीले बहुउद्देश्यीय उक्त मैदानहरुमा राजधानी तथा सुर्खेतबाट खेल सामग्री झिकाई अभ्यास गर्दै आइरहेका छौं।’ 

खेलाडीहरुमा नियमितता र व्यावसायिकता भने त्यहाँ अझै पनि विकास हुन सकेको छैन्। राम्रा प्रतिभाहरु त प्रशस्त छन् तर नियमित प्रशिक्षणको अभाव, खेल समाग्रीको अभाव, म्याच एक्सोजरको कमीले उनीहरुको प्रतिभा उनीहरु भित्रै बिलाएर गएको तितो यथार्थ उनी सुनाउँछन्। 

वैशाख ८ गते सम्पन्न नेक्सस कपमा पनि कर्णाली क्रिकेट क्लबको प्रदर्शन सनसनीपसूर्ण रह्यो। पहिलोपटक प्रतिायोगितामा सहभागि टिमले सुरुका तीन खेलमा लगातार जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताका उत्कृष्ट बलर समेत कर्णाली क्रिकेट क्लबका मोविन शर्मा भएका थिए। यस तथ्यले कर्णालीमा पनि उत्तिकै प्रतिभा रहेको पुष्टि गर्न मद्दत गर्छ। 

तर, त्यस क्षेत्रमा क्रिकेट प्रति रुची भएका खेलाडीहरुलाई स्थानीयस्तरमै अभ्यासको वातावरण भने छैन। ‘मैदान पनि व्यवस्थित छैन, त्यही मैदानहरुमा भलिबल, फुटबल लगायतका खेलहरु हुन्छन्,’ कर्णाली क्रिकेट क्लबका कप्तान अभिशेक कुवँर भन्छन्, ‘हामी क्रिकेटमा लाग्न चाहाने खेलाडीहरुले त्यस ठाउँ पलायन भई या त सुर्खेत, नेपालगञ्ज झर्नु पर्छ या त राजधानी छिर्नुपर्छ।’ 

प्रतियोगितामा सहभागी टिम पनि त्यसरी नै जुटेको हो। ‘टिमका दुई जना सदस्यहरु मात्रै कालिकोटबाटै आएका थिए,’ प्रशिक्षक शाहीले भने, ‘टिममा रहेका अन्य खेलाडीहरुको स्थायी घर कर्णालीमै भए पनि उनीहरु अध्ययन लगायतका अन्य सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका थिए।’ 

हालसम्म क्रिकेट एशोसियसन अफ नेपाल क्यानका आधिकारिक प्रतियोगिताहरुमा कालिकोटमा जिल्ला प्रतियोगिता भई क्षेत्रीय खेल्न आएको इतिहास छैन्। शाही भन्छन्, ‘म स्वयंमले राष्ट्रिय प्रतियोगिता खेल्न सुर्खेत झर्नुपर्ने बाध्यता थियो। सुर्खेतबाट म लगायत थुप्रै खेलाडीहरुले त्यस क्षेत्रको प्रतिनिधित्व गरेका छौं। सुर्खेतको ईज्जत कालिकोटले जोगाएको भए पनि कालिकोटको अवस्था भने नजिक छ।’

आगामी दिनमा कर्णाली क्रिकेट क्लबले खेल मैदानहरु व्यवस्थित बनाउँदै स्थानीयस्तरमा प्रतियोगिताहरु आयोजना गर्ने सोच बनाएको छ। यसले हामीलाई एकसेट टिम बनाउँन मद्दत पुर्याउनुका साथै नेपालको क्रिकेटको लोकप्रियतालाई अझै माथि पुर्याउन मदत पुग्ने प्रशिक्षक शाही बताउँछन्। 

‘क्रिकेट महंगो खेल हो,’ शाही भन्छन्, ‘भौतिक पूर्वाधार, खेल सामग्री आदिमा थुप्रो खर्च लाग्ने गर्छ। त्यसैले यसलाई व्यवस्थित रुपमा अगाडि बढाउन हामीले कर्णाली क्रिकेट क्लबको अवधारणा ल्याएका हौं।’


 

More form the Internet

loading...