Suvadin, Home
Nepal life 2.751M

कर्पोरेट फुटसललाई फोर्डको साथ

कर्पोरेट फुटसललाई फोर्डले मुख्य प्रायोजन गर्ने भएको छ। चैत्र ३ गते सञ्चालन हुने प्रतियोगिताको फोर्डले मुख्य प्रायोजनको जिम्मेवारी लिएको छ। गो अटोमोबाइल्स प्रालिका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालिका व्यवस्थापक शिशिर गर्तौलाले सम्झौतापत्र आदानप्रदान गरेका छन्।

काठमाडाैं, फागुन २९ – कर्पोरेट फुटसललाई फोर्डले मुख्य प्रायोजन गर्ने भएको छ। चैत्र ३ गते सञ्चालन हुने प्रतियोगिताको फोर्डले मुख्य प्रायोजनको जिम्मेवारी लिएको छ।

गो अटोमोबाइल्स प्रालिका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालिका व्यवस्थापक शिशिर गर्तौलाले सम्झौतापत्र आदानप्रदान गरेका छन्।

सम्झौतामा उल्लेख भएअनुसार प्रतियोगिता फोर्ड फुटसलको नामले सञ्चालन हुनेछ। मुख्य प्रायोजक गो अटोमोबाइल्स प्रालिले सम्झौताअनुसार आयोजकलाई नगद २ लाख ५० हजार उपलब्ध गराउने भएको छ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मुख्य प्रायोजक गो अटोमोबाइल्स प्रालिका बजार प्रमुख रेग्मीले खेलकुदको माध्यमबाट कर्पोरेट हाउसबीच आपसी भाइचारा विस्तार गर्न महत्वपूर्ण भूमिका निभाउने धारणा व्यक्त गरेका छन्।

आयोजक प्रोक्सीका व्यवस्थापक गर्तौलाले कर्पोरेट सेक्टरबीचको प्रतिस्पर्धाले कर्मचारीहरुलाई पुनर्जागरित हुने अवसर पाउने धारणा व्यक्त गरेका छन्।

फोर्ड कर्पोरेट फुटसलमा बैंक,होटल, इन्स्याेरेन्स कम्पनी, हस्पिटल र रेमिटेन्स कम्पनीबीच प्रतिस्पर्धा हुने छ। एक दिने फोर्ड कर्पोरेट फुटसल प्रतियोगितामा २० टिमको सहभागिता रहने छ।


 

More form the Internet

loading...