Suvadin, Home

काठमाडौं अन्तरनगर कप
जब मैदानमा सदस्य सचिब उत्रिए

 प्रथम काठमाडौं अन्तरनगर कप नकआउट फुटबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको कप्तानीमा रहेको कर्मचारी टोलीले मंगलबार जित हात पारेको छ। कर्मचारी टोलीबाट जिल्ला प्रशासन कार्यालय, आयोजक काठमाडौं जिल्ला समन्वय समिति, राखेप, काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रतिनिधिले प्रतिस्पर्धा गरेका थिए।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा कर्मचारी टोलीले नवनिर्वाचित नगर प्रमुखको टोलीलाई ३–० गोलअन्तरले पराजित गर्याे।
बललार्इ पछ्याउदै सदस्यसचिब।

काठमाडौं जेठ २४ - प्रथम काठमाडौं अन्तरनगर कप नकआउट फुटबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको कप्तानीमा रहेको कर्मचारी टोलीले मंगलबार जित हात पारेको छ।

कर्मचारी टोलीबाट जिल्ला प्रशासन कार्यालय, आयोजक काठमाडौं जिल्ला समन्वय समिति, राखेप, काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रतिनिधिले प्रतिस्पर्धा गरेका थिए।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा कर्मचारी टोलीले नवनिर्वाचित नगर प्रमुखको टोलीलाई ३–० गोलअन्तरले पराजित गर्याे। 

अन्तरनगर कपको पहिलो दिन दुई खेल सम्पन्न भए । त्यसमा नागार्जुन र कीर्तिपुर नगरपालिकाले विजयी सुरुआत गरेका छन् । नागार्जुनले कागेश्वरी नगरपालिकालाई ३–१ ले पराजित गर्याे भने कीर्तिपुरले गोकर्णेश्वरलाई ५–१ गोलले हरायो ।

प्रतियोगिताको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे । काठमाडौं जिल्ला समन्वय समितिको आयोजना र काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा भइरहेको प्रतियोगितामा काठमाडौंका १० नगरपालिकाको टिम सहभागी छन् । सहभागी १० नगरपालिका प्रतियोगिताको सह–आयोजक समेत हो ।

विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ५१ हजार १ सय ५१ र तेश्रो हुनेले २५ हजार १ सय ५१ नगद पुरस्कार प्राप्त गर्ने काठमाडौं जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक दामोदर भट्टराई (बद्री) ले जनाएका छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्ड तथा सर्वाधिक गोलकर्तालाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताअन्तर्गत बुधबार टोखा र तार्केश्वर तथा चन्द्रगिरी र संखरापुर नगरपालिकाबीच खेल हुनेछ । फाइनल जेठ २८ गते हुनेछ ।


 

More form the Internet

loading...