Suvadin, Home
Nepal life 2.627M

चेल्सीले भित्र्यायो विश्वकै महंगा गोलकिपर, कति खर्चियो रकम?

चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेन तथा एथ्लेटिको बिल्वाओका गोलकिपर कीपा अरिजाब्लागालाई गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्य ७२ मिलियन पाउन्डमा ७ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो। चेल्सीमा अनुबन्ध भएसँगै अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपर बनेका छन्। गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो। यस्तै अरिजाब्लागा चेल्सीका लागि कीर्तिमानी अनुबन्ध बनेको छ। चेल्सीले यसअघि स्पेनिस स्ट्राइकर अल्भारो मोराटाका लागि ५८ मिलियन पाउण्ड खर्चिएको थियो।

काठमाडाैं, २४ साउन – लन्डन क्लब चेल्सीले गोलकिपर कीपा अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको छ। चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेन तथा एथ्लेटिको बिल्वाओका गोलकिपर कीपा अरिजाब्लागालाई गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्य ७२ मिलियन पाउन्डमा ७ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो।

चेल्सीमा अनुबन्ध भएसँगै अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपर बनेका छन्। गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो। यस्तै अरिजाब्लागा चेल्सीका लागि कीर्तिमानी अनुबन्ध बनेको छ। चेल्सीले यसअघि स्पेनिस स्ट्राइकर अल्भारो मोराटाका लागि ५८ मिलियन पाउण्ड खर्चिएको थियो।

चेल्सीमा अनुबन्ध भएसँगै कीपाले चेल्सीले मलाई विश्वास गरेकोमा खुशीको सीमा नै नरेहको बताएका छन्। कीपाले भने, ‘यो मेरो करियर र व्यक्तिगत जीवनको महत्वपुर्ण निर्णय हो। क्लबले म बाट धेरै अपेक्षा गरेको छ। म मेरोतर्फबाट क्लबका लागि सक्दो सक्ने मिहेनत गर्नेछु।’

पहिलो रोजाईका बेल्जियन गोलकिपरका लागि थिवाउटट कोर्टुवाले क्लब छाड्ने संकेत गरेपछि लन्डन क्लब चेल्सीले स्पेन तथा विल्वाओका २३ वर्षीय युवा गोलरक्षक अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्य खर्चिएको हो। कागजी प्रक्रिया र मेडिकल समर ट्रान्सफर को अन्तिम दिन बिहिबार हुने क्लबले जनाएको छ।

अरिजाब्लागाले स्पेनिस टोलीबाट उनले एकमात्र क्याप जितेका छन्। एथ्लेटिको बिल्वाओको पहिलो रोजाइको टिममा रहेर दुई सिजन बिताएर उच्च प्रदर्शन गरेका अरिजाब्लागाको गत जनवरीमा १७ मिलियन पाउन्ड मात्रै तोकिएको थियो।


 

More form the Internet

loading...