Suvadin, Home

फिफा विश्वकप
दक्षिण कोरिया विरूद्ध स्वीडेन विजयी, जर्मनीलार्इ चुनाैती थपिदै

प्रतिस्पर्धात्मक खेलाम दक्षिण कोरिया तथा स्वीडेन दुबै तर्फबाट गोल गर्ने अवसरहरु सिर्जना गरेपनि गोलमा परिणत गर्नबाट चुके। तर, खेलको ६५ औं मिनेटमा स्वीडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो। स्वीडेनका लागि पेनाल्टी मार्फत कप्तान आन्द्रियस ग्रान्कभिस्टले एक मात्र निर्णायक गोल गरेका हुन्।

काठमाडाैं, ५ असार – रुसमा जारी विश्वकप फुटबलको पाँचाैं दिन भएको समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई १-० ले पराजित गरेको छ।

प्रतिस्पर्धात्मक खेलाम दक्षिण कोरिया तथा स्वीडेन दुबै तर्फबाट गोल गर्ने अवसरहरु सिर्जना गरेपनि गोलमा परिणत गर्नबाट चुके। तर, खेलको ६५ औं मिनेटमा स्वीडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो।

स्वीडेनका लागि पेनाल्टी मार्फत कप्तान आन्द्रियस ग्रान्कभिस्टले एक मात्र निर्णायक गोल गरेका हुन्। यो जितसँगै स्वीडेन ३ अंक बटुल्न सफल भएको छ।

अाइतबार राति भएको खेलमा मेक्सिकोविरुद्ध अप्रत्यासित पराजय व्यहोरेको जर्मनी र दक्षिण कोरिया अंकविहीन रहेका छन्। जर्मनीलार्इ अब दोश्रो अर्को चरणमा प्रवेश गर्नका लागि थप चुनाैति थपिएको हुँदा अहिलेको अवस्थामा समूह ‘एफ’ सबैभन्दा रोमाञ्चक देखिएको छ।


 

More form the Internet

loading...