Suvadin, Home

इतिहास रच्ने दाउमा 

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार दिउँसो २ः४५ बजे खेल हुँदैछ। सिरिजमा नेपाल र घरेलु टोली यूएई दुबै एक\एकको बराबरीमा छन् । नेपालले पहिलो खेल गुमाएको थियो भने दोस्रो खेल जितेको थियो।

काठमाडौं,२० माघ-एकदिवसीय श्रृंखलामा जित हासिल गरिसकेको नेपाली क्रिकेट टोली आइतबार टी–२० सिरिज पनि जितेर इतिहास रच्ने दाउमा छ। टी–२० सिरिजका लागि आज नेपाली टोलीले यूएईसँग तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार दिउँसो २ः४५ बजे खेल हुँदैछ। सिरिजमा नेपाल र घरेलु टोली यूएई दुबै एक\एकको बराबरीमा छन् । नेपालले पहिलो खेल गुमाएको थियो भने दोस्रो खेल जितेको थियो।

आज हुने तेस्रो खेलमा जित हासिल गर्ने टोली नै टी–२० सिरिजको अन्तर्राष्ट्रिय उपाधि जित्न सफल हुनेछ।


 

More form the Internet

loading...