Suvadin, Home

उपाधिमाथि लैनचौरको ह्याट्रिक

लैनचौर डोजोले तेस्रो खुला सितोरियो कराँते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ। लैनचौरले ७ स्वर्ण, ९ रजत र ९ कांस्य जित्यो । लैनचौरले टिम च्याम्पियनको उपाधि जितेको यो लगातार तेस्रोपटक हो।

काठमाडाैं, चैत २९ - लैनचौर डोजोले तेस्रो खुला सितोरियो कराँते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ। लैनचौरले ७ स्वर्ण, ९ रजत र ९ कांस्य जित्यो । लैनचौरले टिम च्याम्पियनको उपाधि जितेको यो लगातार तेस्रोपटक हो।

नेपाल सितोरियो कराँते डो संघ, शाखा डोजो भैसेपाटीद्वारा आयोजित प्रतियोगितामा नरहरिपुर डोजो ५ स्वर्ण, ६ रजत र ६ कांस्यसाथ दोस्रो भयो। तेस्रो स्थानमा रहेको केन्द्रीय डोजोले ५ स्वर्ण, ४ रजत र ४ कांस्य हात पार्यो। २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ भक्तपुर डोजो चौथो भयो। १ स्वर्ण र ६ कांस्यसहित घण्टाघर डोजो र आयोजक संयुक्त रुपमा पाँचौं स्थानमा रहे।

लैनचौरका लागि पुरुष २५ केजीमा सुशान्त हुमागाईं र ६० केजीमा अरुण डंगोल तथा महिला एकल कातामा मन्दिर थापा, ३० केजीमा पुनम पौडेल, ४० केजीमा कुसुम पौडेल, ५५ केजीमा सुस्मिता वाइबा र खुला तौलसमूहमा निरुपा लामाले स्वर्ण जिते।

भैंसेपाटीस्थित दीपकुञ्ज स्कुलमा भएको प्रतियोगिताको पुरुषमा भक्तपुर डोजोका सुवास परियार तथा महिलामा आयोजककी अर्चना परियार उत्कृष्ट खेलाडी घोषित भए। बिजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती, कराँते पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ, रेफ्री संयोजक राजेन्द्र कपालीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ९० खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक प्रेम शाहले जनाएका छन् ।


 

More form the Internet

loading...