Suvadin, Home

ला लिगा अमेरिकामा गर्न असम्भव रहेको मड्रिडका म्यानेजरको दावी

यसअघि स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश बाहिर एक खेल खेल्न १५ बर्षको सम्झौता गरेका थियो।

 काठमाडाैं, १० भदाै – संयुक्त राज्य अमेरिकामा हुने भनिएकोे ला लिगा खेल योजनामा सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन्।

यसअघि स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश बाहिर एक खेल खेल्न १५ बर्षको सम्झौता गरेका थियो।

स्पेनिस एफए वा स्पेनिस फुटबल संघले युएसएमा हुने भनिएको ला लिगाा आयोजनाको आलोचना गरेको छ। ‘म यो देख्न सक्दैन। यो मेरो सुझब हो। किनकी यस निर्णयले खेलाडीलाई अपमानित गरेको छ।’ ५१ बर्षीय लोपेटेगुइले भने, ‘म यो विषयमा खेलाडीसँग छु।’

त्यस्तै खेलाडी संघ एएफइले यो योजनाको विषयमा ला लिगाले आफ्नो सदस्यसँग परामर्स नलिएको बताएको छ । एएफइका अध्यक्ष डेभिड अगान्जोसँग छलफल गर्न ला लिगाका २० टिमका खोलाडीले बुधबार म्याड्रिडमा भेटबार्ता गरेको थियो।

जहाँ खेलाडीले आवस्यक परे हड्ताल गर्ने चेतावनी दिएका थिए। उक्त बैठकमा स्पेनी राष्ट्रिय टोलीका कप्तान सर्जियो रामोससँगै अधिकांश रियल र बार्सिलोनाका खेलाडी पनि सम्मिलित थिए।


 

More form the Internet

loading...