Suvadin, Home

रियल म्याड्रिडकाे कठिन जीत, राेनाल्डाेकाे पेनाल्टी निर्णायक

लालिगा फुटबल अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिड विजयी भएकाे छ। शनिबार राति रियलकाे घरेलु मैदान स्यान्टियागाे बर्नाविउमा भएकाे खेलमा मालागालार्इ ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे।
मालागाविरुद्ध गाेल प्रहार गर्दै राेनाल्डाे।

काठमाडाैं, मंसिर १० – लालिगा फुटबल अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिड विजयी भएकाे छ। शनिबार राति रियलकाे घरेलु मैदान स्यान्टियागाे बर्नाविउमा भएकाे खेलमा मालागालार्इ ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे।

लिगमा खराब समयबाट गुज्रिरहेकाे रियलकाे याे लगातार दाेश्राे जीत हाे। खेलकाे नवाैं मिनेटमा करिम बेन्जिमाले गाेल गर्दै म्याड्रिडलार्इ अग्रता दिलाएका थिए। तर, त्यस्काे १० मिनेट बित्न नपाउँदै मालागाका डिएगाे राेलानले गाेल गर्दै स्काेरबाेर्डलार्इ सन्तुलनमा ल्याएका थिए।

खेल अवधिभर उथल-पुथल रहेकाे स्काेरबाेर्डलार्इ म्याड्रिडका क्यासिमिराेले गाेल गर्दै २-१ काे स्थितिमा पुर्याए। दाेश्राे हाफकाे १३अाैं मिनेटमा मालागाका गाेन्जालाे क्याष्ट्राेले गाेल गर्दै खेलकाे २१अाैं मिनेट देखि केही शान्त रहेकाे स्काेरबार्डमा पुनः ५८अाैं मिनेटमा २-२ काे हलचल गराएका थिए।

खेलकाे ७५अाैं मिनेटमा रियल म्याड्रिडले पेनाल्टी पाएकाे थियाे। राेनाल्डाेकाे पहिलाे प्रहार मालागाका गाेलकिपरले बचाएका थिए। तर, फर्किएकाे बलकाे सदुपयाेग गर्दै राेनाल्डाेले निर्णायक गाेल गरे। याे जीतसँगै रियलले १३ खेलबाट २७ अंक जाेडेकाे छ।

त्यस्तै, शनिबार नै भएका अन्य खेलहरुमा सेल्टाभिगाेले लेगानेसलार्इ १-० काे झिनाे अन्तरले पराजित गर्दा अाइबरले एल्भेसलार्इ २-१ गाेल अन्तरले स्तब्ध पारेकाे छ। त्यस्तै अर्काे खेलमा रियलबेटिस र गिराेना २-२ गाेलकाे बराबरीमा राेकिएका छन्।


 

More form the Internet

loading...