Suvadin, Home

ललित स्मृती युथ फुटबल
सहभागिता जनाएवापत टिमलार्इ एक लाख

उमेर समूह देखि नै फुटबलकाे जग बलियाे बनाउँने उदेश्यले अखिल नेपाल फुटबल संघ एन्फाले राजधानीमा १८ बर्षमुनिकाे ललित स्मृती युथ फुटबल प्रतियोगिता सञ्चालन गरिरहेकेा छ।शनिवारबाट एन्फा कम्पेक्स सातदाेबाटाेमा सुरू भएकाे प्रतियाेगितामा देशभरिका १८ टिमले सहभागिता जनाउँदै छन्। २६ लाख ७५ हजारकाे अनुमानित हुन लागेकाे प्रतियाेगिताकाे विजेताले तीन लाख तथा उपविजेताले १ लाख ५० हजार रूपैयामा पाउने एन्फाले जनाएकाे छ। 
प्रतियाेगिताकाे उदघाटन खेल।

काठमाडौँ, जेठ १४ -  उमेर समूह देखि नै फुटबलकाे जग बलियाे बनाउँने उदेश्यले अखिल नेपाल फुटबल संघ एन्फाले राजधानीमा १८ बर्षमुनिकाे ललित स्मृती युथ फुटबल प्रतियोगिता सञ्चालन गरिरहेकेा छ।

शनिवारबाट एन्फा कम्पेक्स सातदाेबाटाेमा सुरू भएकाे प्रतियाेगितामा देशभरिका १८ टिमले सहभागिता जनाउँदै छन्। २६ लाख ७५ हजारकाे अनुमानित हुन लागेकाे प्रतियाेगिताकाे विजेताले तीन लाख तथा उपविजेताले १ लाख ५० हजार रूपैयामा पाउने एन्फाले जनाएकाे छ। 

एन्फाका पुर्वकार्यवाहक अध्यक्ष ललित श्रेष्ठको स्मृतिमा गत वर्ष देखि प्रतियाेगिताकाे अायाेजना गरिन लागेकाे हाे। एन्फाका बर्तमान अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले नेपाली फुटबलमा श्रेष्ठकाे याेगदानकाे कदर गर्दै याे प्रतियोगिता गरिन लागेकाे र अागामी दिनमा पनि निरन्तरता दिइने बताए। 

प्रतियोगितामा ए डिभिजनका क्लवहरु, राष्ट्रिय होम एण्ड अवे लिग खेलिसकेका माेफसलका जिल्ला टोलीहरू र गत वर्ष बि डिभिजनबाट ए डिभिजनमा बढुवा भएका क्लवहरुकाे प्रतियाेगितामा सहभागिता रहने एन्फाले जनाएकाे छ। 

एन्फाले कुल १८ क्लवलाई सहभागिताका लागि आमन्त्रण गरेकाे भएपनि १६ टिमले मात्रै प्रतियाेगितामा सहभागिता जनाउने भएका छन्। थ्रि स्टार र मच्छिन्द्रले भने सहभागिता नजनाउने भएका छन्। एन्फाले समयमै टिम दर्ता नगरिदिएका कारण एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि थ्रीस्टारले एन्फाले अायाेजना गर्ने प्रतियाेगिताहरूमा सहभागिता जनाउन छाडेकाे छ। 

खेलमा सहभागी टिमहरुलाइ तयारी वाफत एन्फाले नगद रू. एक लाख उपलब्ध गराएकाे तथा प्रतियाेगिताका उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले समान रु. दश हजार पुरस्कार पाउने एन्फाले जनाएकाे छ।

एसियन फुटबल फेडरेसन (एएफसी) को आयोजनामा अगामी अक्टोबरमा किर्गिस्तानमा हुने एएफसी यु १९ च्याम्पियनसीपका लागि प्रारम्भिक छनोटका रुपमा पनि यस प्रतियोगितालार्इ लिइने एन्फाले जनाएको छ।

 


 

More form the Internet

loading...