Suvadin, Home

Cover Image

मेस्सी उत्कृष्ट खेलाडी हैन भनेर आलोचना गर्नेले फुटबल बुझेको छैनः लालिगा प्रेसिडेन्ट

'जसले मेस्सीको खेल हेर्छ उ फुटबल प्रेमी हो। मेस्सीको खेलमा मनोरञ्जन लिन क्लबको समर्थकको रुपमा नभएर फुटबल प्रेमीको रुपमा हेर्नुस्, अनि त्यति बेला मेस्सी साच्चीकै विश्वकै उत्कृष्ट खेलाडी हुन् भनेर महशुस गर्न सक्नुहुन्छ। फुटबल प्रेमीले कुन क्लबलाई समर्थन गर्छ त्यसले कुनै असर पर्दैन। तर मेस्सी उत्कृष्ट होइन भनेर कसैले आलोचना गर्छ भने उसले फुटबल बुझ्नुहुन्न।' 

काठमाडौं, ४ पुष – ला लिगाको प्रेसिडेन्ट जाभियर टेबासले लियोनेल मेस्सी र किस्टियानो रोनाल्डोबीच तुलना गर्नु उचित नहुने बताएका छन्। विश्व फुटबलमा समर्थकहरुबीच मेस्सी र रोनाल्डोलाई लिएर कुन खेलाडी उत्कृष्ट भनेर तुलना हुने गरेको छ। यी फुटबल स्टारहरुलाई आफु उत्कृष्ट भएको प्रमाण दिन कठिन भने छैन। उनीहरुले व्यकितगतदेखि लिएर क्लब र राष्ट्रका तर्फबाट प्रशस्तै उपाधिहरु जितिसकेका छन्।

टेबासका अनुसार यूभेन्टस स्टार रोनाल्डो भन्दा मेस्सीलाई निकै फाइदा छ। उनका अनुसार विश्व फुटकलमा मेस्सीसँग तुलना गर्न मिल्ने कुनै खेलाडी छैनन्। उनले भने, 'जसले मेस्सीको खेल हेर्छ उ फुटबल प्रेमी हो। मेस्सीको खेलमा मनोरञ्जन लिन क्लबको समर्थकको रुपमा नभएर फुटबल प्रेमीको रुपमा हेर्नुस्, अनि त्यति बेला मेस्सी साच्चीकै विश्वकै उत्कृष्ट खेलाडी हुन् भनेर महशुस गर्न सक्नुहुन्छ। फुटबल प्रेमीले कुन क्लबलाई समर्थन गर्छ त्यसले कुनै असर पर्दैन। तर मेस्सी उत्कृष्ट होइन भनेर कसैले आलोचना गर्छ भने उसले फुटबल बुझ्नुहुन्न।' 

उनले थपे, 'मेस्सी यस युगका उत्कृष्ट खेलाडी हुन्। यस सिजन मात्र होइन उनी सदाबाहार सर्वश्रेष्ठ छन् किनकी उनलाई आफ्नो जिम्मेवारी गहन गर्न जानेका छन्।'


 

More form the Internet

loading...