Suvadin, Home
Nepal life 2.6M

मेस्सीको संघर्षः हर्मन डेफिसन्सी बच्चाबाट फुटबल स्टारसम्म

बार्सिलोना मेरो करियर मात्र होइन परिवार पनि हो। मेरा बच्चाहरू यही जन्मिएका हुन्। म मेरो देश भन्दा बढी यही शहरमा बस्छु। यही रमाउछु।

काठमाडाैं, १६ मंसिर – विश्वमै सायदै कम फुटबल प्रेमी र समर्थक होलान् जसले लियोनेल मेस्सीको नाम सुनेका छैनन् होला। अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चित अर्जेन्टिना राष्ट्रिय टोली एवम् बार्सिलोनाका स्टार फर्वार्ड मेस्सीले क्लब र व्यक्तिगत थुप्रै उपाधिहरू हासिल गरिसकेका छन्। उनी फुटबल प्रेमीका लागि अाशाका किरण बनेका छन्।
 
बार्सिलोनाका लागि ९ लालिगा उपाधि, ५ कोपा डेल रे, ४ च्याम्पियन्स लिग जस्ता उपाधिहरू हासिल गरिसकेका मेस्सी एक निर्विवादत खेलाडी हुन् जसले फुटबल जगतमा सफलताको शिखर चुमिरहेका छन्। तर, अर्जेन्टाइन स्टारका लागि सफलताको यात्रा त्यति सहज भने रहेन। उनले खेल जीवनमा उत्तर चढावको सामना गरेका छन्। खेल जीवनमा मात्र नभएर उनले व्यक्तिगत जीवनमा पनि धेरै समस्याहरूसँग जुझेका छन्।

बार्सिलोनाले अाफुलार्इ सदाबाहार लोकप्रिय खेलाडीको रूपमा स्थापना गर्न निकै मद्दत गरेको बताउदै मेस्सीले जीवनमा झेलेका समस्या र संघर्ष स्मरण गर्दै भने, 'बच्चा बेलामा मैले धेरै समस्या झेल्नु परेको थियो। म ११ वर्ष हुँदा हर्मनको कमी भएको डाक्टरहरूले पत्ता लगाए जसले गर्दा म शाररिक रूपमा बढ्न सकेको थिइन। र त्यसका लागि उपचार शुरू गर्नु पर्ने भयो।'

उनले भने, 'म हरेक रात इन्जेक्सनको साहारामा बाचिरहे। प्रत्यक रात, हप्ता, महिना गर्दै मैले करिब ३ वर्षसम्म इन्जेक्सनको साहारामा बाच्नु पर्यो। उमेरको हिसाबमा जति बढ्नु पर्ने म त्यति बढ्न सकेको थिइन्। म सबैभन्दा सानो थिए। स्कुल होस् या मैदान सबैभन्दा सानो म नै थिए। यो प्रकिया त्यतिबेला मात्र समाप्त भयो जब मेरो उपचार सक्कियो र म अरू जस्तै राम्रोसँग बढ्न थाले।'

उनले अाफ्नो संघर्षको काहानी एक स्मार्ट फोनको लन्च कार्यक्रममा शेयर गरेका थिए। फिन्लेको इज्राइली कम्पनीको पहिलो ब्लक स्मार्ट फोन सिरिन ल्याबको कार्यक्रममा मेस्सीले बार्सिलोना प्रति अाभार प्रकट गरेका छन्।

बार्सिलोनाले अाफुनो खेल जीवनलार्इ विकास गर्न मात्र नभएर दुखमा पनि साथ नछोडेको क्षण महत्वपूर्ण र स्मरणिय रहेको मेस्सी बताउछन्। मेस्सीले भने, 'मेरो लागि पहिलो र महत्वपूर्ण कुरा नै बार्सिलोनाको फुटबल र यो सहर हो। यी दुर्इ कुरा मेरो लागि सबैथोक हो। बार्सिलोना मेरो करियर मात्र होइन परिवार पनि हो।'

मेस्सीले भने, 'मेरा बच्चाहरू यही जन्मिएका हुन्। म मेरो देश भन्दा बढी यही शहरमा बस्छु। यही रमाउछु। बार्सिलोनाले मेरो लागि धेरै ठूलो निर्णय लिएको छ जसले गर्दा यति धेरै अन्तर अाउन सक्यो र मलार्इ नयाँ परिचय मिल्यो। उनीहरूले मेरो सबैभन्दा ठूलो सपना पूरा गर्न मद्दत गरे।'

मेस्सी यस्ता खेलाडी हुन् जसले प्राइवेसी मेन्टेन गर्न रूचाउछन्। फिन्लेको फोनसँग सम्झाैता गर्दै उनले भने, 'यो पहिलो फोन हो जसले क्रिप्टो करेन्सी इनेवल गरेको छ। त्यसैले गर्दा म यो फोनप्रति अाकर्षत भए। कुनै कुनै कुरामा गोप्नियता पनि राख्न जरूरी हुन्छ। जुन यो फोनको विशेषता हो।'

त्यस्तै मेस्सीले क्रिस्टियानो रोनाल्डोको च्याम्पियन्स लिगको रेकर्ड तोडेका छन्। रोनाल्डोले पूर्व क्लब रियल म्याड्रिडका लागि १०५ गोल गरिसकेका छन्। मेस्सीले पीएसभि विरूद्धको खेलमा गोल गर्दै च्याम्पियन्स लिगमा १०६ गोल गरेका छन्। बार्सिलोनाको अफिसियल साइटमा उनले भनेका छन्, 'म यस नयाँ रेकर्ड बनाउन सफल भएकोमा एकदमै खुसी छु।' मेस्सीले च्याम्पियन्स लिगको ५ खेलमा ६ गोल गरेका छन् भने लालिगामा ९ गोल र ६ एसिस्ट गरेका छन्।


 


 

More form the Internet

loading...